मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

द रेड सुटकेसको टिजर सार्वजनिक

काठमाडौँ – चलचित्र ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा सोमबार निर्माण संस्था आईसफल प्लसको युट्युव च्यानलबाट टिजर रिलिज गरिएको हो । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसरमा यही ३० चैतबाट रिलिज हुँदैछ ।

निर्माण टिमले चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गर्ने गरी टिजर निर्माण गरेको छ । टिजर ५२ सेकेन्डको छ । ‘डार्क थिम’मा टिजर प्रस्तुत छ । टिजरमा छायाँकन, ध्वनि र रङको गज्जबको सम्मिश्रण देख्न सकिन्छ । टिजरले मिथ र यथार्थको कोलाजमा नेपालको आप्रवासी परम्परालाई उच्च दृश्यमार्फत् प्रस्तुत गर्ने संकेत गरेको छ ।

निर्माण टिमले टिजरमा कलाकारको अनुहारलाई भन्दा फिल्मको कथालाई हाइलाइट गर्ने प्रयास गरेको देख्न सकिन्छ । निर्देशक फिडेल देवकोटाले कथा र कथा भन्ने तरिका आफ्नो लागि महत्वपूर्ण भएको बताउँदै सोही अनुसार टिजर तयार गरेको बताएका छन् ।

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्ममा अभिनेता प्रवीण खतिवडा रोचक भूमिकामा छन् । टिजरमा उनै प्रवीण खतिवडा मात्र अटाएका छन् ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?