मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा बढ्दै छन् यस्ता खतरा 

काठमाडौँ– विगत सय वर्षमा देखिएको परिवर्तन प्रविधिमा आएका विकाससँगै १० वर्षमै गर्न सकिने भएको छ । सूचना प्रविधिको नवीनतम विकासलाई नर्कान सकिदैन ।

तर प्रविधिमा भइरहेको तीव्र विकाससँगै वर्तमान समाजलाई खतरा पनि हुने चेतावनी वैज्ञानिकहरूले दिँदै आएका छन् ।  योसँगै सीमित सुविधाको लागि हाम्रो निजी सुरक्षा र गोपनीयताको मामला दिनप्रतिदिन असुरक्षित बनिरहेको पनि हुनसक्छ । 

प्रविधिको विकाससँगै मानिसको जीवनशैलीमा हुन सक्छन् यस्ता खतरा 

गोपनीयतामा असर: मनोरञ्जनको लागि हामीले चलाउने फेसबुकजस्ता विभिन्न सामाजिक सञ्जालका एपहरूले हाम्रो धेरैजस्ता गोपनीयता सङ्कलन गरेर राखेको हुन्छ  । जसले हाम्रो गोपनीयता जोखिममा पारेका छन् ।

मानिसले गर्ने गतिविधिको ट्रयाकिङः प्रविधिको विकाससँगै हामीहरूको हरेक गतिविधि जो कोहीले पनि सजिलै ट्रयाकिङ गर्न सक्छ ।

को कहाँ जाँदै छ ? कसको कोसँग धेरै साँठगाँठ छ ? जस्ता यस्ता विवरणहरूमा पहुँचवालाले सजिलै निगरानी गर्न सक्छन् ।

आर्थिक तथा बैङ्किङ सुरक्षामा असर: बैङ्किङ क्षेत्र पनि प्रविधिमा आश्रित छ । बैङ्किङ प्रणालीले इन्टरनेट सेवाको विकास भएदेखि नै त्यसको पूर्ण उपयोग गर्दै आएका छन् ।

प्रविधिको कमजोर व्यवस्थापनका कारण मालवेयर आक्रमणमा पर्न सक्ने जोखिम बढेको छ ।

इन्टरनेटको ‘एडिक्सन‘ तथा परनिर्भरताः प्रविधिको बढ्दो प्रयोगले व्यक्तिमा परनिर्भरता बढ्दै गएको छ । प्रविधिको अधिक प्रयोगले बालबालिका र युवापुस्तामा स्मरण क्षमतासँगै सामाजिक र मनोवैज्ञानिक समस्याहरू पनि उत्पन्न भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मनोविद्हरूले पनि प्रविधिको प्रयोगसँगै अहिलेका युवापुस्तामा एन्जाइटी हुने, सोसियल एक्सपोजर कम हुने, र इन्टरनेट एडिक्सन हुँदै गएको तर्क गर्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?