मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमान खानको ‘टाइगर ३’ पछि पवन कल्याणसँग टक्कर लिँदै इमराख हासमी

काठमाडौँ- बलिउडका चर्चित अभिनेता इमरान हासमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए ।

कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित छन् ।

इमरान हासमीको आगामी तेलुगु फिल्म ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ। यस फिल्ममा इमरान हासमीले खलनायकको भूमिका निभाएका छन । उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।

इमरान हासमीले फिल्म ‘दे कल हिम ओजी’बाट आफ्नो ‘फस्ट लुक’ सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु, म वाचा गर्छु, हामी मध्ये एक पक्कै टाउको काटिनेछ।’

यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन् ।

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन् । इमरान हाशमीको लुक हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ ।

फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाश्मीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन् ।

उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?