मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी दश खानेकुरा, जुन तपाईँले एकसाथ सेवन नगर्दा हुन्छ फाइदा

काठमाडौँ– हामीले खाने सबै खानाहरुले हामीलाई धेरै थारै मात्रामा पौष्टिक तत्व दिइरहेका हुन्छौँ । हामी नेपालीहरुको बानी के छ भने खाना सँगसँगै अरु खानेकुराहरु पनि मिसाएर खाने गर्छौँ। तर, कतिपय खानेकुराहरु एक–अर्कामा मिसाएर खानेगर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्छ ।

खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । यस्ता कुरामा ध्यान नदिँदा तपाईँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन सक्छ ।

यस्ता छन् मिसाएर खान नहुने १० खानेकुरा

मासु र मिठाइ

यदि तपाईले कुखुराको मासु खानु भएको छ भने सके सम्म दूधका पदार्थहरु नखानुहोस् । मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । यसले पनि पेटमा समस्या ल्याउन सक्छ ।

दूध र दही

दुधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दूध र दहीमा हुने तत्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दूध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरु बताउँछन् ।

आलु र भात

हुन त हाम्रो हरेक तरकारीमा आलु हुन्छ र भातसँग खाने तरकारीमा पनि आलु हुन्छ । तर आलु र भातको मिश्रण पेटका लागि भने समस्या हुने विज्ञहरु बताउँछन् । यी दुवै कुरा एकैपटक सेवन गर्दा पेटमा कब्जियतको समस्या हुने बताइन्छ ।

कोल्ड ड्रिङ्क्स र गुटका पान

यदि तपाईँले कोक वा अन्य कोल्डड्रिङ्क्स सेवन गर्नुभएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ । यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरु बताउँछन् ।

माछा र दही

दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले तपाईँलाई छालाको रोग लाग्ने र एलर्जी हुने खतरा समेत बढाउँछ ।

प्याज र दू

प्याज र दुध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दुध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिसजस्ता रोग लाग्ने खतरा हुन्छ ।

खाना र फलफूल

खाना खाने समयमा फलफूल सेवन नगनहोस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टापछि मात्र खाना खानु राम्रो हुन्छ । खानामा कार्वोहाइड्रेट बढी हुने र फलमा प्रोटीनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?