मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दक्षिण भारतीय अभिनेत्री साई पल्लवी बलिउडमा डेब्यु गर्दै

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री साई पल्लवी आफ्नो अभिनय कारण चर्चित छिन् । अभिनेत्री पल्लवीले आफ्नै देसी स्टाइलमा फ्यानको मन जित्छिन् ।

यसैबीच साउथ फिल्ममा धमाका मच्चाएपछि साई पल्लवीले बलिउडमा समेत डेब्यु गर्न लागेको कुरा बाहिर आएको छ । दक्षिण भारतीय चर्चित अभिनेत्री रश्मिका मण्डनापछि बलिउडमा प्रवेश गर्ने उनी दोस्रो अभिनेत्री भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार साईले नितेश तिवारीको फिल्म ‘रामायण’मा सीताको भूमिका निर्वाह गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?