काठमाडौँ– विश्व सिनेमा बजारमा इरानी सिनेमाको पनि एक खालको क्रेज छ । वास्तविकताको नजिक रहेर बनाइने भएकाले पनि इरानी सिनेमालाई दर्शक तथा समीक्षकले मन पराउँछन् ।
अधिकांश फिल्म समीक्षक तथा पारखीहरूले इरानी सिनेमालाई विश्वका केही उत्कृष्ट ‘कलात्मक फिल्म उद्योग’को रूपमा लिने गर्छन् । फ्यानहरूले इरानी फिल्मलाई मन पराउनुका पछाडिको एउटा मुख्य कारण भनेको रोमान्स हो ।
आज बिदाको दिन केही रोमान्टिक फिल्म हेरौँ भन्ने सोचमा हुनुहुन्छ भने तपाइका लागि हामी इरानी फिल्म उद्योगमा निर्माण भएका १० रोमान्टिक फिल्महरूका बारेमा बताउँदै छौ ।
१. डुएट (२०१६)
सन् २०१६ रिलिज भएको ‘डुएट’ एक इरानी उत्कृष्ट रोमान्टिक फिल्म हो । जसमा विद्यार्थी छँदा प्रेममा परेका एक पुरुष र महिलाको कथा समेटिएको छ । नभिद दानेशले यो फिल्मलाई निर्देशन गरेका हुन् । फिल्ममा इरानी कलाकार अली मोसाफा, हेदिएह तेहरानी र नेगर जाभेरियनलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।
२. ह्विन द मुन वाज फुल (२०१९)
सन् २०१९ मा रिलिज भएको ‘ह्विन द मुन वाज फुल’ फिल्म सबै भन्दा राम्रो इरानी रोमान्टिक चलचित्रहरू मध्ये एक मानिन्छ । अब्दुल हमिद रिगी र उनकी श्रीमती फैजा मन्सौरीको वास्तविक जीवनको अनुभवमा आधारित भएर यो फिल्म निर्माण गरिएको यस फिल्ममा एलनाज शाकरदुस्ट, हौतान शकिबा र शबनम मोघादामी मुख्य कलाकारका रूपमा देखिएका छन् ।
३. ब्यूटीफुल सिटी (२००४)
असगर फरहादीको ‘ब्यूटीफुल सिटी’ पनि एक उत्कृष्ट इरानी रोमान्टिक चलचित्र हो । यो फिल्म इरानको सबैभन्दा राम्रो र सबैभन्दा प्रसिद्ध रोमान्टिक फिल्म मानिन्छ ।
यस फिल्ममा असगर फरहादीको नाजुक र तनावपूर्ण प्रेमलाई चित्रण गरिएको छ । आफ्नो लतको कारण आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्ने फिरौजेहले आफ्नो भाइ अकबरको मृत्युदण्डको अनुमति लिन खोजिरहेको कथा पनि यस फिल्ममा समावेश गरिएको छ ।
४. हेइरन (२००९)
उच्च आत्मसम्मान भएको एक युवा अफगान व्यक्तिको कथा चित्रण गरिएको हेइरन पनि एक उत्कृष्ट इरानी रोमान्टिक फिल्म हो । उसले आफ्नो विश्वविद्यालयको ट्युसनमा दिनुपर्ने जाने पैसा आवश्यक नभएको कुराहरूमा खर्च गरेर बरबाद गरेको छ । यस फिल्ममा बरन कोसारी, मेहरदाद सेदिघियान, फरहाद अस्लानी, खोसरो शकिबाइ, लगायतका कलाकारहरूको भूमिका छ ।
५. लीला (१९९७)
इरानी रोमान्टिक फिल्म लीला, लीला र रजाको प्रेम यात्रामा केन्द्रित रहेको छ । बच्चा जन्माउन असमर्थ लिलाले धेरै उपायहरूका बाबजुद पनि बच्चा जन्माउन नसकेपछि उनकी सासूले आफ्ना पतीलाई नयाँ पत्नी खोज्न दबाब दिन लगाएको कथा फिल्ममा समेटिएको छ । फिल्ममा मोहम्मद रेजा शरीफिनिया, लीला हतामी, अली मुसाफा,अमिर पायोर र शाघायेग फराहानी मुख्य अभिनयमा रहेका छन् । यो पनि इरानी प्रसिद्ध रोमान्टिक फिल्म हो ।
६. आई एम नट एङ्ग्री (२०१४)
दर्शकहरूको धेरै चासो कमाउन सफल ‘आई एम नट एङ्ग्री’ एक उत्कृष्ट इरानी रोमान्टिक फिल्म हो । इरानी सिनेमाका प्रतिभाशाली अभिनेता नाभिद मोहम्मद जादेहको पहिलो फिल्म पनि हो । फिल्मको मुख्य पात्र नाभिदमा केन्द्रित रहेको छ । जो एक पूर्व विद्यार्थी सेतारेहसँग मारिएका हुन्छन् । नाभिदको परिस्थिति र समस्याका कारण इन्गेजमेन्ट भएका सेतारेह र नाभिदले विवाह गर्न नसकेका कथा यस फिल्ममा समेटिएको छ ।
७. सन्तौरी (२००७)
सन् २००७ मा रिलिज भएको यो रोमान्टिक फिल्मले पनि दर्शकको साथ राम्रो पाएको थियो । सन्तौरी संगीत र सन्तूर बजाउन रमाइलो गर्ने धार्मिक परिवारका युवा अली फिल्म सन्तौरीमा नायकको भूमिकामा रहेका छन् । आफ्नो परिवारको विरोधको बाबजुद उनी संगीतमा होमिन्छन् र अली हानिहसँग प्रेममा पर्छन् । र दुवैले विवाह पनि गरेको विषय फिल्ममा समावेश गरिएको छ ।
८. अ फ्यु क्युबिक मिटर अफ लभ (२०१४)
२०१४ मा रिलिज भएको फिल्म ‘अ फ्यु क्युबिक मिटर अफ लभ’ रोमान्टिक सौन्दर्यता र रोमान्सले भरिएको छ । यो इरानी र अफगान फिल्म निर्माताहरू द्वारा संयुक्त रूपमा निर्माण गरिएको थियो । अफगान आप्रवासीका रूपमा इरानमा काम गरिरहेका अब्दुल सलामले आफ्नो रोमान्टिक सम्बन्धका कारण गरेको इरान छोड्ने निर्णयमा केन्द्रित छ । यस फिल्ममा साएद सोहेली, हसिबा इब्राहिमी, नादेर फल्लाह, अलिरेजा ओस्तादी, अफसिन सुलेमानपुर लगायतका कलाकारहरू मुख्य भूमिकामा देखिएका छन् ।
९. ताला (२०१०)
सन् २०१० मा रिलिज भएको इरानी फिल्म ‘ताला’ कमेडी मिसिएको रोमान्टिक फिल्म हो । जसले इरानी बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो । मोहम्मद शाइस्तेह, रामबोद जावान र परभिज शाहबाजी निर्माता रहेको यो फिल्म रेस्टुरेन्ट बनाउन चाहने साथीहरूको समूहको कथामा केन्द्रित रहेको छ ।
फिल्ममा नेगर जाभेरियन, मेहरदाद सेदिकियान, तनाज तबताबाई, एहतेराम बोरोमान्ड, हौमन सेयदी, होदा जैनुल अबेदिन, रजा शाबानपुर लगायतका कलाकार मुख्य अभिनयमा छन् ।
१०. इन्टोक्सिकेटेड आई (२०२०)
सन् २०२० मा रिलिज भएको इरानी फिल्म ‘इन्टक्सिकेटेड आई’ इरानी रोमान्टिक कमेडी फिल्म हो । चार आधुनिक कविहरूको जीवनीमा आधारित यो फिल्म ‘इन्टोक्सिकेटेड आई’ जलालुद्दीन दारीले निर्देशन गरेका थिए । जसको निर्माता अब्दुल्लाह एसफन्दियारी थिए । यस फिल्ममा मित्र हज्जर, मेहदी पाकडेल, रेजा फयाजी, सईद पौरसामिमी, मेटिन सोतौदेह, हौमन बघ्र्नवर्द र बेहनम घोरबानी मुख्य भूमिकामा देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया