काठमाडौँ– रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘डिग्री माइला’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रवार (आज) शुक्रबार एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।
झण्डै तीन मिनेट लामो ट्रेलरमा अङ्ग्रेजी शिक्षक नहुँदा झण्डै खारेजीको संघारमा रहेको एउटा क्याम्पस जोगाउन सक्ने एक मात्र पात्रका रुपमा दयाहाङलाई प्रस्तुत गरिएको छ। तर दयाले यी अपेक्षालाई उपेक्षा गरेको ट्रेलरमा देखाइएको छ।
सिनेमाको ट्रेलर क्याम्पसको मान्यता जोगाउन क्याम्पस व्यवस्थापनको जोडबल र मरिच झैं पिरा स्वभावमा उभिएका दयाको नोकझोकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।
दर्शक हसाउँने संवाद ट्रेलरमा सुन्न सकिन्छ भने क्यामरा फ्रेमिङ यसपटक रामबाबुको सिनेमा धेरै राम्रो देखिएको छ। क्यामराको कामले सिनेम्याटिक फिल दिन्छ।
दयाहाङको केन्द्रीय भूमिकामा रहेका सिनेमामा अभिनेत्री आँचल शर्मा उनको प्रेमिका बनेकी छिन्।
दयाहाङले निर्देशन गरेको सोही नामको नाटकमा यो सिनेमा आधारित रहेको छ। सिनेमाले वेरोजगारीको कथालाई सिनेमामा पस्किनेछ।
सिनेमालाई बाँसुरी फिल्मसले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको हो ।
दयाहाङ र आँचलका अलवा सिनेमामा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । यस्तै अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ।
‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई सिनेमाले आफ्नो ट्यागलाइन बनाएको छ ।
फिल्म आगामी चैत ३० गते रिलिज हुनेछ । निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया