मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरिक्षमा पाइनेछ संसारकै सबैभन्दा महङ्गो खाना, एक प्लेटका लागि तिर्नुपर्नेछ सात करोड !

काठमाडौँ– मानिसको महत्वाकांक्षी स्वभावले गर्दा कुनै बेला असम्भव मानिने कुरा पनि अहिले सम्भव भएका छन् । वैज्ञानिकहरूले अझै नयाँ कुराको खोज तथा अनुसन्धान गर्न आफ्नो समय व्यतित गरिरहेका छन् ।

तपाईँलाई सुन्दा अचम्म लाग्न सक्छ कि, अबको केही समयपछि अन्तरिक्षमा खाना खाने सुविधा हुनेछ । तपाईँले स्पेस बेलुनमा बसेर अन्तरिक्षमै खाने यो खानाको मूल्य भने निकै महङ्गो छ ।

मिरर वेबसाइटले जनाए अनुसार न्यूयोर्कको एक स्पेस टेक कम्पनीले एक खास डिनरको आयोजना गर्न लागेको छ । जुन संसारकै सबैभन्दा महङ्गो खाना हुनेछ ।

यो स्पेस डिनर विश्वका जम्मा ६ जना व्यक्तिका लागि मात्र हुनेछ ।

सन् २०२५ मा हुनेछ लञ्च

यो स्पेस बेलुन अन्तरिक्षमा जाँदा केही चुनिएका यात्रीलाई लिएर जानेछ । अन्तरिक्षमा गएर खाना खानका लागि एक व्यक्तिले झण्डै सात करोड नेपाली रुपैयाँ तिर्नुपर्ने बताइएको छ । एक रिपोर्टका अनुसार शेफ रेमस मंकले यो खाना तयार गर्नेछन् । उनी अमेरिकाको कोपनहेगनस्थित एक रेष्टुरेन्टका शेफ हुन् ।

स्पेसमा जाने यात्रा ६ घण्टाको हुनेछ भने अमेरिका फ्लोरिडाबाट सन् २०२५ मा लञ्च हुनेछ ।

एक लाख फिटको उचाइमा पुग्नेछ यान

यो डिनर स्पेस बेलुनलाई अन्तरिक्षमा लैजान एक बेलुनको आवश्यकता पर्नेछ । यसलाई पृथ्वीदेखि एक लाख फिटको उचाइमा पुर्‍याइनेछ । यात्रीसँग जुन पैसा लिइएको छ, त्यो पैसा जाने र खानेको मात्र हुने छैन । स्पेसमा जानुका साथै यात्रीलाई अन्य सेवा सुविधा समेत दिइने जनाइएको छ ।

अन्तरिक्षमा जाने ६ जना यात्रुका लागि विशेष खालको कोठा समेत तयार गरिनेछ । जसलाई स्पेस स्पा नाम दिइएको छ ।

यो योजनालाई स्पेस पर्यटकको क्षेत्रमा एक प्रभावकारी कदमका रुपमा लिइएको छ । यात्राबाट आएको रकम स्पेस प्राइज फाउण्डेसनलाई दिइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?