मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विराज भट्टका छोरा समीरले ‘बलिदान’ मार्फत चलचित्रमा डेब्यु गर्ने, यस्तो छ फस्ट लूक

काठमाडौँ– आसुसेन फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बलिदान’ बाट विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्ने भएका छन् । यसअघि उनले होम प्रोडक्सनको चलचित्र ‘१२ गाउँ’ बाट चलचित्र उद्योगमा डेब्यु गर्ने चर्चा थियो ।

विराज स्वयंले सामाजिक सञ्जालमार्फत यो कुराको पुष्टि गर्दै समीर भट्टका केही तस्वीर समेत सार्वजनिक गरेका थिए ।

आसुसेन फिल्समले विराजका छोरा समीर चलचित्र ‘बलिदान’ मा युगपुरुषको भूमिकामा देखिने जनाएको छ । साथै उनलाई ‘नयाँ प्रतिभा त्यो पनि बहुप्रतिभाֹ’ भन्दै आसुसेन फिल्मसले तारिफ गरेको छ ।

समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनयका साथै मार्सल आर्ट पनि सिकिरहेका थिए । हिरो हुनका लागि उनले नृत्य पनि सिकेको बताइएको छ ।

यता आसुसेन फिल्मसले पनि नेपालको सन्दर्भमा अभिनेताको रुपमा युगपुरुष खोज्नु आइसल्याण्डमा सर्प खोजेजस्तै भएको र समीर चलचित्र ‘बलिदान’ का लागि त्यस्तै पात्र भएको दाबी गरेको छ । यसअघि नै उक्त फिल्म निर्माणको घोषणा गरिए पनि कलाकारका बारेमा भने केही खुलाइएको थिएन ।

‘उनी दशौं वर्षदेखि मुम्बई मा गुपचुप रहेर एक्टिङ क्लास, मार्शल आर्ट, नृत्य तथा दृन्दका धेरै आर्ट हरुको कार्यशाला संगै ठूलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा  रहेर कलाकारिताबारे उनले गरेको यो संघर्ष, मेहेनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको  छ ।,’ आसुसेन फिल्मसले समीरको तारिफ गर्दै सामाजिक सञ्जालमा लेखेको छ ।

यो फिल्मको प्रदर्शन भने २०८१ सालमा गरिने भनिएको छ ।

समीरले ‘बलिदान’ मा काम गर्ने निश्चित भएपछि अब ‘१२ गाउँ’ को काम कहिले शुरु हुन्छ भन्नेबारेमा भने केही जानकारी दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?