मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी पत्ता लगाउन सकिन्छ, तपाईँको इन्टरनेटको स्पिड

काठमाडौँ– पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक रूपमा बढिरहेको छ । सेवा प्रदायक कम्पनीले महँगो शुल्क लिएर कहिलेकाहीँ स्पिड कम गरिदिने गर्छन् ।

तर इन्टरनेट सेवा प्रदायकले भने अनुसार इन्टरनेट स्पिड दिएको वा नदिएको जानकारी हामी आफैले पत्ता लगाउन सक्छौ । 

यसरी पत्ता लगाउनुहोस् तपाईँको इन्टरनेटको स्पिड :

ओकला स्पिडटेस्टः ओकला स्पिडटेस्टको प्रयोगबाट इन्टरनेटको स्पिड कति छ भन्ने कुराको जानकारी लिन सकिन्छ ।

फास्ट डटकमः साइटमा गएर पनि आफै नै स्पिड जाँच्न सकिन्छ । फास्ट डटकम वेबसाइटमा प्रवेश गरेपछि आफै इन्टरनेटको स्पिड टेस्ट हुन थाल्छ ।

यस्तो वेबसाइटहरूको प्रयोग गरेर इन्टरनेटको स्पिड जाँच गर्न सकिन्छ । त्यसैगरी पीसी म्याग स्पिड टेस्ट को वेबसाइट प्रयोग गरेर पनि आफ्नो इन्टरनेटको स्पिड जाँच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?