निन्द्रा हामी सबैको लागी अत्यावश्यक चिज हो । पुरा निन्द्रा निदाउन पाइएन भने हामी बिरामी नै पर्छौ । ज्यानलाई बिसन्चो हुन्छ ।
यसकारण हामी सबैले राम्रो स्वास्थ्यका लागि पर्याप्त निदाउनु आवश्यक छ । चिकित्सकहरूका अनुसार एउटा व्यक्तिले हरेक दिन कम्तीमा ६ देखि ८ घण्टा निदाउन आवश्यक हुन्छ । यो अवधि मानिसको स्वास्थ्य र शरीर अनुसार अलग पनि हुन सक्छ ।
यसैबीच, महिलाले पुरुषको तुलनामा बढी निदाउनु आवश्यक भएको पत्ता लागेको छ । आखिर के कारण पुरुषको तुलनामा महिलाले बढी सुत्नु आवश्यक हुन्छ त भन्ने कुराको बारेमा जानकारी लिनुहोस् ।
हार्मोनल परिवर्तन
निद्रा लाग्न नसक्ने समस्याका विभिन्न कारण हुन्छन् जसमा हार्मोनल परिवर्तन पनि समावेश छ । महिनावारी चक्रको क्रममा एस्ट्रोजन र प्रोजेस्ट्रन जस्ता हार्मोनमा उतार–चढाव, क्र्याप्स र अन्य लक्षणले निद्राको प्याटर्नलाई प्रभावित गर्छ । मेनापोजको समयमा पनि हट फल्याशेज र अन्य समस्या हुन्छ । जसले निद्राको समस्यालाई बढाउन सक्छ ।
इन्सोमेनियाको समस्या
महिलालाई पुरुषको तुलनामा अत्यधिक निद्राको आवश्यकता हुन्छ । पुरुषको तुलनामा महिलालाई अधिकतम ४० प्रतिशत इन्सोमेनिया हुने सम्भावना हुन्छ । इन्सोमेनियाबाट पीडित मानिसलाई सुत्न गाह्रो हुन्छ, जसका कारण निदाउने क्रममा समस्या आउन सक्छ ।
कामको प्रेसर
महिला एक साथ विभिन्न काम गर्न सक्ने क्षमता राख्छन् । पुरुषको तुलनामा महिला घर, अफिस र सन्तानको ध्यान राख्ने काम गर्छिन् । महिलाहरूले आफ्नो स्वास्थ्यलाई ध्यान नदिएर आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राख्छन् । जसले उनीहरू मानसिक र भावनात्मक रूपले कमजोर महसुस गर्छन् ।
राम्रो निद्रा हाम्रो स्वास्थ्य र विकासका लागि महत्त्वपूर्ण हुन्छ । निद्राले हाम्रो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यलाई सुदृढ र स्थिर बनाउन सहयोग पुर्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया