मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चियामा चिनीसँगै नुन राख्नु कति स्वस्थकर ?

सामान्यतया हामी चियामा चिनी राखेर पिउने गर्छौ । तर कतिपय मानिसहरू भने चियामा नुन राखेर पिउन मन पराउँछन् ।

हरेक मानिसको आफ्नो–आफ्नो स्वाद र रोजाई हुन्छ तर कुरा के आउँछ भने के चियामा नुन मिसाएर पिउनु स्वास्थ्यका लागि स्वस्थकर हुन्छ त ?

यदि तपाईँ पनि चियामा नुन मिसाएर पिउनुहुन्छ भने यसले शरीरमा त्यस्तो कुनै नोक्सान त हुँदैन । तर नुनको मात्रामा भने ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा चिया बनाउँदा थारै मात्रामा मात्रै नुन राख्नुपर्दछ ।

तपाईँ एकदमै थोरै मात्रामा विशेष गरी कालो नुन दूध चिया, कालो चिया, ग्रिन टी, आदिमा मिसाएर पिउन सक्नुहुन्छ । यसले स्वास्थ्यमा कुनै पनि नोक्सान हुँदैन ।

बरु यो शरीरका लागि फाइदाजनक हुन सक्छ । कालो नुनको सीमित मात्रा खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । जसले गर्दा विभिन्न सङ्क्रमणबाट बच्न सकिन्छ ।

नुनमा प्राकृतिक इलेक्ट्रोलाइट पाइन्छ । यसले शरीरमा कम भइरहेको इलेक्ट्रोलाइटको मात्रालाई सन्तुलन बनाउन सहयोग गर्छ । जसले गर्दा तपाईँ  हाइड्रेट रहनुहुनेछ ।

नुनमा विभिन्न प्रकारका मिनरल्स पाइन्छन् । जस्तै पोटासियम, म्याग्नेसियम, क्याल्सियम । यी मिनरल्स शरीरका लागि फाइदाजनक हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?