काठमाडौँ– गुगलले आफ्ना केही प्रयोगकर्ताहरूको लागि एक अलर्ट जारी गरेको छ ।
गुगल अकाउन्ट वा गुगल ड्राइभ प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई विभिन्न खालका शङ्कास्पद फाइलहरू आइरहेको गुनासो बढेकाले स्पाम आक्रमणबाट सावधान रहन गुगलले अनुरोध गरेको हो ।
यस्तै गुगलले प्रयोगकर्ताहरूलाई तिनको माध्यमबाट डिभाइस वा ड्राइभमा मालवेयर प्रवेश गर्न सक्ने भन्दै सावधान गराएको छ ।
मिडिया रिपाेर्टका अनुसार गुगल ड्राइभ प्रयोग गर्ने धेरै प्रयोगकर्ताहरू अहिले ह्याकिङ तथा फिसिङको सिकार भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया