मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दिप्रुङ चुइचुम्माका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क हुने

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका महिलाको पाठेघरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पाठेघरको समस्या भएका स्थानीय १६ महिलालाई निःशुल्क उपचार तथा शल्यक्रियाका लागि काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाएको छ ।

गाउँपालिकाले गत माघमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पहिचान भएका पाठेघरका रोगीलाई गाउँपालिकाले थप उपचारका लागि प्रसूतिगृह पठाएको हो । शिविरमा १७ महिलामा पाठेघरको समस्या देखिएको थियो ।

एकजनाले भारतमा उपचार गराएकाले १६ जनालाई प्रसूतिगृह पठाइएको गाउँपालिकाका उपप्रमुख अरुणा थापामगरले जानकारी दिइन् । पाठेघरको समस्या भएका महिलालाई गाउँपालिकाले यातायात, खाना र बाससहित निःशुःल्क उपचारको व्यवस्था गरेको छ ।

गाउँपालिकाका वरिष्ठ अनमी चन्द्रमाया राईका अनुसार १६ मध्ये आठजनामा उच्चरक्तचाप तथा एकजनामा थाइराइडको समस्या देखिएको छ । उनले भनिन्, “सबै परीक्षणको नतिजा आएपछि शल्यक्रियाको टुङ्गो लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?