मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शरीरलाई जोशिलो, फुर्तिलो र जवान राख्न खाने गर्नुस् यी दश खानेकुरा

काठमाडौँ– सधै जवान बनिरहने रहर सबैको हुन्छ । हेर्दा सुन्दर र आकर्षक देखिन पनि सबैलाई मन लाग्छ । टिप–टप ड्रेस लगाएर मेकअप गरेपछि मान्छे आफुलाई राम्रो भएको महसूस गर्छन् । होला केही समयका लागि क्षणिक रुपमा ।

टिप–टप ड्रेस र मेकअपले राम्रो बनाउँला तर सधै अर्थात पाको उमेरसम्म पनि फुर्तिलो र जवान बन्नको लागि दैनिक खानपान र जिवनशैलीमा निकै ध्यान दिन आवश्यक छ ।

सही किसिमको खानपानले शरीरलाई स्वस्थ राख्नका साथै सुन्दर देखिनमा पनि उतिकै मद्दत गर्दछ । केहि खानेकुराहरुले छालालाई स्वस्थ्य राख्नुका साथै जवान देखाउन पनि सहयोग गर्छ ।

आफूलाई फुर्तिलो र जवान राख्न यसो गर्नुहोस्

– राति सुत्नुअघि पाँचवटा बदाम, एक ओखर र सूर्यमुखीको दाना भिजाउनुहोस्। बिहान सबभन्दा पहिले यी चिजहरू खाने गर्नुहोस् । यसले तपाईंको स्वास्थ्यको साथसाथै छालाको लागि पनि लाभदायक हुन्छ ।

–तपाईंले आफ्नो दिनचर्यामा व्यायाम समावेश गर्नुपर्छ । यसो गर्नाले तपाईको शरीर तन्दुरुस्त रहन्छ र तपाईलाई धेरै रोगबाट बचाउन पनि मद्दत गर्न सक्छ ।

– जति–जति तपाईंको उमेर बढ्छ, तपाईंको शरीरमा त्यति नै पानीको कमी हुन थाल्छ साथै तपाईंको प्यास पनि मेटिन थाल्छ । तसर्थ तपाईं कम पानी पिउन थाल्नुहुन्छ । यसकारण हरेक दिन प्रशस्त पानी पिउने गर्नुस् ।

– बदाम, काजु, ओखर, किसमिस जस्ता नट्सहरु खाने गर्नुपर्छ । सबै प्रकारका नट्सले तपाईंको छालालाई जवान बनाइराख्छ । बदाम, ओखर, काज किसमिस, पिस्ताजस्ता नट्समा बुढ्यौली कम गर्ने शक्ति हुन्छ । यसमा विशेष प्रकारको पोषक तत्व हुन्छ जसले उमेर सम्बन्धी मुटु रोग, स्ट्रोक, टाइप टु मधुमेह र कुनै क्यान्सरसम्म रोक्न मद्दत गर्नसक्छ । नट्सले तपाईंको दिमागको समेत रक्षा गर्छ ।

–यदि तपाईं मांसाहारी हुनुहुन्छ भने हप्तामा दुई पटक माछालाई आफ्नो खानामा समावेश गर्नुहोस् किनभने यसमा ओमेगा–थ्री फ्याटी एसिड पाइन्छ । यो ओमेगा थ्री फ्याटी एसिड मुटुका लागि निकै स्वस्थबर्धक हुन्छ ।

–राति सुत्नुअघि मोबाइल र ग्याजेटहरूबाट टाढा रहनुहोस् । यसले तपाईंको निद्रामा बाधा र्पुयाउन सक्छ । त्यसैले सुत्दा तिनीहरूलाई आफूबाट टाढा राख्नुहोस्।

– आफ्नो छालाको हेरचाहलाई दिनचर्यामा समावेश गर्नुहोस् । राति सुत्नुअघि छालालाई राम्ररी सफा गर्नुहोस् । मोइस्चराइजर वा सिरम लगाएर सुत्नुहोस् ।

–चिकित्सकका अनुसार रिफाइन्ड वा अन्य कुनै तेलको साटो यदि खानामा जैतुनको तेल प्रयोग गरिन्छ भने यसले तपाईंको तेललाई निकै फाइदा पुर्याउँछ । यसको सेवन गर्दा हाइपरटेन्सन र मधुमेहजस्तो रोग नियन्त्रण हुन्छ ।

–उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् किनभने तपाईंको शरीरमा क्रमशः क्याल्सियमको कमी हुन थाल्छ । त्यसकारण यस्तो अवस्थामा तपाईं क्याल्सियमले भरपुर खानेकुरा जस्तै दुध, दही, पनिर आदिको सेवन गर्नुहोस् ।

–खरबुजा, स्ट्रबेरी, गोलभेडा, रातो, पहेंलो क्याप्सिकम लगायतका फलफूल र सागसब्जीमा लाइकोपिन नामको एक प्राकृतिक तत्वले भरिपूर्ण हुन्छ । यो एक प्रकारको प्राकृतिक रसायन हो जसको सेवनले प्रोस्टेट क्यान्सर र फोक्सोको क्यान्सरलाई पनि रोक्न सहयोग गर्छ ।

–ब्रोकाउली र हरियो पात भएका सागसब्जी भिटामिन र एन्टीअक्सिडेन्टले भरिपूर्ण हुन्छ र यसमा फाइबरको मात्रा पनि अत्यधिक हुन्छ । यी सब्जीको सलाद र अन्य कुनै रुपमा सेवन गर्नु शरीरका लागि फाइदाजनक हुन्छ । यसको सेवनले मधुमेह, क्यान्सर र मुटु रोग आदिबाट शरीरलाई टाढा राख्छ । साथै, यसले तौल पनि नियन्यत्रण गर्छ ।

–मसलाले तपाईंको खानालाई स्वादिष्ट मात्रै बनाउने होइन, यसले तपाईंलाई स्वस्थ पनि राख्छ । वास्तवमा मसलामा एन्टिअक्सिडेन्ट हुन्छ जसले तपाईंलाई वर्षौंसम्म स्वस्थ रहन मद्दत गर्छ । उदाहरणका लागि लसनुले तपाईंको रक्त नलीलाई खुल्ला राख्न मद्दत गर्छ ।

–सख्खरखण्डमा भरपुर मात्रामा बिटा क्यारोटिन हुन्छ जसले तपाईंको शरीरलाई भिटामिन ए प्रदान गर्छ । यो भिटामिन स्वस्थ दृष्टि र छालाका लागि महत्वपूर्ण छ । यसले तपाईंको प्रतिरोधी क्षमतालाई पनि बलियो राख्छ । तपाईंले एक मध्यम सख्खरखण्डमा जति भिटामिन ए पाउनुहुन्छ त्यो पाउन तपाईंले पाकेको २३ कप ब्रोकाउली खानुपर्छ ।

–दालचिनीले तपाईंलाई कोलेस्ट्रोल र ट्राइग्लिसराइड्स (रगतमा हुने बोसो) लाई कम गर्न मद्दत गर्छ । बेसारले तपाईंलाई अवसाद र अल्जाइमर रोगबाट बचाउन सक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?