मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘शैतान’ बन्यो १०० करोड कमाउने पहिलो हरर फिल्म

काठमाडौँ – अजय देवगनको फिल्म ‘शैतान’ एक सय करोड कमाउने पहिलो हरर फिल्म बनेको छ । 

मार्च ८ मा सिनेमाघरमा रिलिज भएको फिल्म ‘शैतान’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।  फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरुबीच चर्चामा रहेको यो  फिल्मले  १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको हो । 

सैकनिल्कको रिपोर्ट अनुसार, याे फिल्मले रिलिजको ११ औं दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ । 

सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मसँग बक्स अफिसमा प्रतिस्पर्धा गरिरहेको  ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ। ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्मबाट फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?