मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्धिखर्कका पचहत्तर जना असल बुहारी सम्मानित

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाले ७५ जनालाई असल बुहारीका रुपमा सम्मान गरेको छ । नगरपालिकाका १२ वटै वडामा ९० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई राम्रोसँग पालनपोषण गरेको भन्दै नगरपालिकालाई ती बुहारीहरुलाई सम्मान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

उपप्रमुख असल बुहारी सम्मान कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गरिएको नगर उपप्रमुख मिश्रा आचार्यको भनाइ छ । नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले वृद्धवृद्धालाई वृद्धाश्रममा होइन घरमै स्याहारसुसार गर्नुपर्छ भन्ने सन्देश दिन असल बुहारीहरुलाई सम्मान गरिएको बताए ।

सासुससुराको स्याहार सुसार गर्दा आफूलाई उनीहरुको आशीर्वाद प्राप्त भएको असल बुहारी सन्धिखर्क–१ का सुन्ताला श्रेष्ठले बताए । नब्बे वर्षभन्दा बढी उमेरका ससुरा बुबाको स्याहारसुसार गर्न पाउनुमा आफू भाग्यमानी भएको र अभिभावकको आशीर्वादले परिवारमा राम्रो भएको उनले बताए ।

वृद्धवृद्धालाई दिसापिसाब गराउने, स्याहारसुसार गर्ने, खाजा तथा खानाको उचित प्रवन्ध गर्ने, समय तालिकाअनुसार औषधि खुवाउने बुहारीलाई वडा कार्यालयले गरेको सफिारिसका आधारमा करुवा, खादा र आतेजाते भाडासहित सम्मान गरिएको नगरपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा भुसालको भनाइ छ ।

‘सबै नगरबासीको रहर, सुन्दर र समृद्ध नगर’ भन्ने नाराका साथ सम्पन्न उपप्रमुख असल बुहारी सम्मान कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य लिला भुसाल, कृष्णा भुसाल, शारदा परियार, स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुली, वडा सदस्य सुन्तला श्रेष्ठलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?