मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँ मोटो त हुनुहुन्न? हुन सक्छ क्यान्सरको खतरा!

काठमाडौँ– मोटोपना समस्या विश्वभर नै ब्याप्त देखिइरहेको छ । शारीरिक श्रम कम गर्नु, फास्टफुडको उपभोग वा सेवन या मसालायुक्त खानाले मोटोपना बढिरहेको छ ।

यसका कारण गम्भीर खालका रोग पनि बढ्दैछ । डाक्टरहरुका अनुसार मोटोपनाका कारण गम्भीर खालका रोगहरु मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला वा क्यान्सर रोग लाग्न सक्छ। यसका साथै बढी मोटोपना प्रजनन क्षमतालाई पनि प्रभावित पार्छ ।

मोटोपनाले निम्त्याउने रोगहरुः

मुटु रोग
मोटोपनाका कारण मुटु रोगको खतरा दुइ गुणा हुन्छ । तौल बढ्नाले मुटुले शरीरको बाकी भागमा सही ढंगले रगत आपूर्ति गर्न सक्षम हुँदैन । जसबाट हृदयाघात हुने सम्भावना बढ्छ ।

यसका अलावा मुटुका आसपास धमनीमा बोसो जम्मा हुन्छ । शरीरमा बोसोको मात्रा अधिक हुँदा सोडियम जम्मा हुन्छ र रगतमा दबाब बढ्छ । जुन मुटुका लागि हानिकारक हुन्छ र मुटु रोगको खतरा बढ्छ ।

जोर्नीको समस्या
मोटोपनाका कारण बढीभन्दा बढी मानिसहरु जोर्नी दुख्ने शिकार हुन्छन् । उनीहरुलाई उठदा या बस्दा असैह्या पीडा हुन्छ । साथै अधिक दबाबका कारण जोर्नीमा भार पर्छ र कार्टिलेजको मात्रा कम हुँदा आर्थराइटिसको समस्या पनि हुन सक्छ ।

हर्निया
हर्नियाको मुख्य कारण हो मोटोपना । मोटोपनाका कारण डायफ्राम कमजोर हुन्छ या उसको आकार बढ्छ, जसबाट तपाईं हर्नियाको शिकार हुन्छ । तौल कम गर्दा यो खतराबाट बच्न सकिन्छ

मधुमेह
मोटोपनाका कारण तपाईं मधुमेहको शिकार हुन सक्नुहुन्छ । जब तपाईं खानामा ग्लुकोजको मात्रा बढी लिन थाल्नुहुन्छ । तपार्ई मोटोपनाको शिकार हुनुहुन्छ । यसकारण तपाईंलाई मधुमेह हुने खतरा बढ्छ ।

डिप्रेसन
मोटोपनाका कारण मानिस डिपे्रेसनको शिकार पनि हुन्छ । मानिसमा नकारात्मक सोच हावी हुन्छ। हरक्षण दुःखी हुन्छ । कहिलेकाही त आत्महत्या गर्ने कोशिस पनि गर्न सक्छ ।

क्लिनिकल साइकोलोजी जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटोपना र डिप्रेसनका एक सिक्काका दुई पाटा हुन्। यदि तपाईं यी दुईमध्ये एक छ भने अर्को स्वतः तपाईंकहाँ आउनेछ ।

क्यान्सर
स्तन क्यान्सर, कम्मरको क्यान्सर र आँतको क्यान्सर सबैको कारण मोटोपना हो । हालै भएको एक अनुसन्धानमा के पत्ता लागेको छ भने विश्वभरमा हरेक वर्ष क्यान्सरको चार लाख ८१ हजार केस मोटोपनाका कारण नै हुन्छ ।

मोटोपनाका कारण सबैभन्दा बढी स्तन र कोलोन क्यान्सर हुने सम्भावना हुन्छ । यसका साथै प्यांक्रियाटिक र ओएसोफ्यागस क्यान्सर पनि हुने सम्भावना हुन्छ । यी दुवै क्यान्सरबाट बाँच्ने सम्भावना निकै कम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?