मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कथाकार परशु प्रधानको निधन

काठमाडौँ – कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ ।

उनको हिजो राति आफ्नै निवासमा निधन भएको  छोरा प्रतीक प्रधानले जानकारी दिए।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका थिए ।

उनका  ‘वक्र रेखा, फेरि आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरू, यौटा क्रान्ति पुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्द्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनियाँ’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?