मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शाहरूखको छोरा आर्यन पनि फिल्मी दुनियाँमा

काठमाडौँ – बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खानले निर्देशकका रूपमा फिल्मी करियर शुरु गरेका छन् । अभिनेता बन्न नचाहने उनी क्यामेराको पछाडि बसेर ठूला कलाकारहरूलाई निर्देशन दिन चाहन्छन् । 

यसैबीच उनले आफ्नो पहिलो प्रोजेक्ट पनि सुरु गरेका हुन्  उनको वेब सिरिज ‘स्टार डम’को सुटिङ सुरु भएको छ । यस सिरिजमा धेरै स्टारहरू क्यामियोमा देखिनेछन् ।

यसमा बबी देओल पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । आर्यन सेटमा आफ्नो पहिलो प्रोजेक्टमा कसरी काम गरिरहेका छन् ? यस सम्बन्धमा अपडेट आएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आर्यनले सेटमा राम्रो व्यवहार गर्ने गरेको बताइएको छ । उनी सेटमा कान्छो भए पनि सबैको सल्लाह र सुझावलाई हृदयदेखि नै मान्छन् ।

रिपोर्टमा भनिएको छ कि केही समय अघि आर्यनले एउटा महत्त्वपूर्ण दृश्यको सुटिङ गरिरहेका थिए, तर उनले आफ्नो इच्छा अनुसार शट लिन सकेनन् । त्यसपछि उनले सेटमा उपस्थित अनुभवी व्यक्तिहरूको सल्लाह लिएर दृश्यलाई राम्ररी खिचे। आर्यन नयाँ थिए र उनलाई केही प्रविधिहरू थाहा नभएकाले यस्तो भएको हो।

आर्यन खान शाहरुख खानका छोरा हुन् तर सेटमा उनलाई यसमा घमण्ड भएको देखिँदैन । आफू नयाँ भएको र बिस्तारै कुरा सिकिरहेको स्रोतले बताएको छ ।

उनले हरेक दिन आफ्नो व्यवहारले सेटमा आफूसँग काम गर्नेहरूको मन जित्दै छन्। ‘स्टारडम’को कथा शाहरुखबाट मात्रै प्रेरित भएको बताइएको छ । जहाँ दिल्लीबाट मुम्बई आएर ठूलो नाम कमाउने व्यक्तिलाई देखाइने छ ।

आर्यन खान भन्दा पहिले उनकी बहिनी तथा शाहरुखकी छोरी सुहाना खान लाइट क्यामेरा र एक्सनको दुनियाँमा प्रवेश गरिसकेकी छिन् ।

उनको पहिलो फिल्म ‘द आर्चिज’ रिलिज भइसकेको छ । यस फिल्ममा सुहाना अन्य धेरै स्टार किड्ससँग देखिएकी थिइन् । यो फिल्म जोया अख्तर द्वारा निर्देशित थियो र यो नेटफ्लिक्समा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?