मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘गलबन्दी च्यातियो तिमीले तानेर’मा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छमछमी नाचेका छन् । पोखरा सहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्न आयोजित समारोहमा गायक प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो तिमीले तानेर’ मा प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री, पूर्वगृहमन्त्री र पोखराका मेयर छमछमी नाचेका हुन् ।

सपुतले ‘गलबन्दी’ गीत गाउन सुरु गर्दा प्रधानमन्त्री प्रचण्डसहितका अतिथि सबै उठेर मंचमा नाच्न तयार भएका थिए । अर्का गायक धर्मेन्द्र सेवानले अर्को चर्चित गीत ‘रेशम फिलिली’ गाएर समारोहमा मनोरञ्जन दिए । गायक प्रमोद खरेलले पनि सांगीतिक प्रस्तुति दिदा त्यतिकै माहोल बनेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?