मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टक्सारको मालबाँसेमा आगलागीबाट एक करोडको क्षति

भोजपुर – भोजपुर नगरपालिका–१२, टक्सारको मालबाँसेमा आगलागीबाट रु एक कारोड तीन लाख बराबरको क्षति भएको छ । शनिबार दिउँसो वनमा लागेको डढेलो बस्तीमा आइपुग्दा स्थानीयवासीका सात घर र १० गोठ जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईका अनुसार आगलागीबाट स्थानीय कमल कार्कीको दुई तले घर, नरबहादुर कार्कीको दुई तले घर र गोठ, पदम कार्कीको दुई तले घर र एक गोठ, विशाल कार्कीको दुई तले घर र गोठ, गजेन्द्र कार्कीको दुई तले घर र गोठ तथा मीना श्रेष्ठ र कृष्ण बस्नेतको घर जलेर नष्ट भएको छ ।

यस्तै आगलागीबाट अन्य केही स्थानीयको पनि गोठ जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?