मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिमेन्सिया अर्थात् बिर्सिने समस्या छ? थाहा पाउनुस् सात कारण

डिमेन्सिया एक ल्याटिन शब्द हो । जुन डिमेन्सबाट बन्छ । नेपालीमा जसको अर्थ दिमाग अस्थिर रहनु हुन्छ । डिमेन्सिया बिर्सिने रोगका रुपमा परिचित छ  । जब हाम्रो मस्तिष्कको मेमोरी सेन्टर कमजोर हुन थाल्छ । जसले गर्दा दैनिक कार्य पनि भुल्न थालिन्छ । साथै निर्णय लिने क्षमतामा पनि कमी आउन थाल्छ । डिमेन्सिया विभिन्न प्रकार हुन्छन् । जस्तै भाष्स्कुलर डिमेन्सिया, अल्जााइमर्स, फ्रन्टोटेम्पोरल डिमेन्सिया, लेभी डिजिज आदि । 

हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिले कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ । यो भने डिमेन्सियाको लक्षण होइन । ल्याक अफ अटेन्सन अर्थात एकाग्रताको कमीका कारण यस्तो हुन्छ ।

सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवा अवस्थामा पनि हुने गरेको पाइन्छ । 

डिमेन्सियाका सात  कारण

स्ट्रोक

स्ट्रोकका कारण  दिमागमा ब्लड लेभलमा कमी वा दिमागभित्र रक्तश्राव हुन सक्छ । यसले दिमागको न्युरोलोजिकल फङसनमा हानी पुर्‍याउँछ । त्यसबाट डिमेन्सियाको खतरा बढ्दै जान्छ ।

डाइबिटिज

अनियन्त्रित ब्लड सुगरको सबैभन्दा धेरै असर ब्रेनमाथि पर्छ । स्मृति कमजोर हुन थाल्छ । त्यसैले डायबिटिज नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

भिटामिन डी को कमी

भिटामिनको मुख्य स्रोत घाम हो । भिटामिन डी नपाउँदा अक्सिडेटिभ तनाव बढ्छ, जसले दिमागले आरामको महशुस गर्न सक्दैन।

सामाजिक घुलमिल

जो समाजसँग घुलमिल हुँदैनन् उनीहरुको दिमागमा आफ्नै र आफ्नाहरुका बारेमा अनेकथरी विचार उत्पन्न हुन्छन् । जसले दिमागमा अवसाद उत्पन्न हुने सम्भावना बढ्छ । कोरोना महामारीको समयमा गरिएको आइसोलेसनको असर दिमागमाथि परेको पाइएको छ । एक्लोपनाको शिकार भएकाहरुको दिमाग तीव्र रुपमा कमजोर हुने गरेको पाइएको छ ।

मदिराको अत्यधिक सेवन

अत्याधिक मदिराको सेवनबाट दिमागको न्युरोन्सको सक्रियपन कम हुन्छ । जसले बोल्ने, सोच्ने र कुरालाई याद राख्ने क्षमतामा कमी ल्याउँछ र तीव्र रुपमा मुड सुइङ हुन्छ । यस्तो अवस्थामा डिमेन्सियाको खतरा पनि बढ्छ । 

मुटुसँग सम्बन्धित समस्या

जो मानिससँग मुटुसँग जोडिएका रोग हुन्छन्, उनीहरुमा डिमेन्सियाको खतरा अधिक हुन्छ । किनकि दिमागको रक्त बाहिनीमा रगत जम्ने वा रक्तस्राव हुने सम्भावना बढी हुन्छ ।

तनाव

जब हामी कुनै कुरामा धेरै तनाव लिन्छौँ । त्यतिबेला ‘कोर्टिसोल’ नामक एक स्ट्रेस हर्मोन रिलिज हुन्छ । कोर्टिसोलले मेमोरीमाथि सिधा असर पार्छ । यस्तोमा ज्यादा तनावले डिमेन्सियाको जोखिम बढाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?