काठमाडौँ – बलिउड अभिनेता गोविन्दालाई ९० को दशकमा ‘हिट मेसिन’ कै रूपमा हेरिन्थ्यो । उनले जुन फिल्ममा हात हाल्थे त्यो ब्लकवष्टर बन्थ्यो ।
तर समय सधैँ सबैको वशमा हुँदैन भन्ने भनाई उनको जीवनमा लागु हुन्छ । पछिल्ला समय उनी काम विहीन छन् । २०१९ को फिल्म ‘रङ्गिला राजा’ पछि उनको कुनै पनि फिल्म आएको छैन ।
पहिलो फिल्म हिट भएको एक समय उनको माग यति थियो कि निर्माता, निर्देशक उनलाई फिल्म खेलाउन लाइन लागेर बस्थे ।
समय कस्तो थियो भने म्यागेजिनद्वारा सुनको अन्डा दिने कुखुरा भनेर चर्चा गरिएका उनलाई २१ वर्षको हुँदा कसैले चिन्दैन थिए भने २२ वर्षको उमेरमा उनले ४९ फिल्म साइन गरेका थिए ।
त्यस्तो अवस्थाबाट आजको अवस्था आउनुमा उनी स्वयमलाई कारण मानिन्छ । यस्तै एउटा घटना फिल्म ‘बीबी नं. १’ को हो । यो फिल्मको तयारी गोविन्दालाई नै हेरेर गरिएको थियो भने उनले पनि स्वीकृति जनाएका थिए ।
जब उनले यसमा करिष्मा सहित सुष्मिता सेनको पनि भूमिका छ भन्ने थाहा पाए त्यसपछि सुष्मितालाई बाहिर निकाल्न निर्मातालाई भने । तर सुष्मिता भूमिकाका लागि उपयुक्त भएको भन्दै निर्माता टिम यसका लागि तयार भएन ।
फलतः गोविन्दाले नै फिल्म छाडे । पछि यो स्थानमा सलमान खानलाई लिइयो भने फिल्म ब्लकबष्टर सावित भयो । भनिन्छ यो फिल्म अस्वीकार गरेपछि गोविन्दाका केही फिल्म मात्र चले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया