मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपालमा मनाइयो अमेरिकाको २ सय ४८ औँ स्वतन्त्रता दिवस

काठमाडौँ– नेपालमा संयुक्त राज्य अमेरिकाको स्वतन्त्रता दिवस मनाइएको छ । काठमाडौँमा शुक्रवार एक समारोहको आयोजना गरी अमेरिकाको २ सय ४८ औँ जन्मदिन मनाइएको हो ।

अमेरिकी राजदूतावासले यसलाई नेपाल र अमेरिकाको ७७ वर्ष पुरानो मित्रताको उत्सव भएको बताएको छ । अमेरिकाको स्वतन्त्रता दिवस ४ जुलाई मा भए पनि पहिले नै मनाइएको दूतावासले जनाएको छ ।

समारोहमा विशिष्ट व्यक्तिदेखि कलाकारको समेत उपस्थित थियो । यस्तै उक्त समारोहमा विभिन्न कलाकारले प्रस्तुति समेत दिएका थिए ।

‘संयुक्त राज्य अमेरिकाको २ सय ४८ औँ जन्मदिन मनाउन हिजो राति हामीसँग सामेल हुनुभएका सबैलाई धन्यवाद,’ अमेरिकी राजदूतावासको फेसबूक पेजमा लेखिएको छ, ‘हाम्रो स्वतन्त्रता दिवस जुलाई ४ मा भए तापनि हामीले अलि अगाडि मनाउने निर्णय गर्यौँ, यो नेपालसँगको हाम्रो ७७ वर्षको मित्रताको उत्सव पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?