मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

काठमाडौँ – काठमाडौँस्थित भारतीय राजदूतावासले २२ औँ स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । शुक्रवार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । 

करिब २ सय जना विद्यार्थीले उत्साहजनक रुपमा सहभागिता रहेको  कार्यक्रममा धरानस्थित वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका,धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय, चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय,विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय र जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका उपकुलपति उपस्थित थिए ।

नेपाल सरकारका वरिष्ठ अधिकारी, विभिन्न प्रतिष्ठित विद्यालयका डिन, रजिस्ट्रार र प्रधानाध्यापक सहभागी थिए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरे ।

मन्तव्यका क्रममा राजदूत श्रीवास्तवले २२ औँ ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिनुका साथै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गरेका थिए । 

दूतावासबाट पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको सङ्ख्या २०० पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेका छन् ।

छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थीहरू नेपालका ७६ जिल्लाबाट रहेका छन् जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?