मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के कपाल खौरिदा वास्तवमै बढ्ने हो ?

कपाल लाई काट्दा वा खौरँदा लामो हुने जनविश्वास हामीमा छ । तर यो एउटा भ्रम मात्र हो । कति जनाले त कपाल राम्रो र घना होला भनेर निरन्तर कपाल खौरने नै गर्छन् ।

यति सम्म की शरीरको कुनै पनि भागको कपाल काट्दा त्यो झन् बढी वृद्धि हुने गलत विश्वास समेत गरिन्छ । कपाल समय समयमा कटाउँदै गर्दा वा खौरिँदा यो अझ लामो हुने विश्वास पुर्ण रूपमा गलत हो ।

कपाललाई खौरँदा वा काट्दा यसको मोटाइ, रँग, बढ्ने गति आदिमा कुनै परिवर्तन हुँदैन । कपाल आफ्नै गतिमा वृद्धि भइ रहेको हुन्छ ।

यो गति व्यक्ति विशेषमा फरक भने पर्छ । यो फरक पार्ने तत्त्व जिन, लिङ्ग, उमेर, स्वस्थकर आहार– विहार र खानपान, लगायतका छन् । हरेक व्यक्तिको जिनले उसको कपाल कति छिटो बढ्ने कुरा तय गर्छ ।

यस्तै पुरुषको कपाल महिलाको दाँजोमा तीव्र गतिले बढ्छ । कपाल सामान्यतया १५ वर्ष देखी ३० वर्षको उमेरमा सबै भन्दा बढी तीव्र गतिले बढ्छ । यस पछि उमेर सँगै केही कपालको जराले काम गर्न छोड्दै जाँदा कपाल पातलो हुने गर्छ । अझ कपालको वृद्धिमा सबै भन्दा महत्त्वपूर्ण पोषण समेत हो । कपालको विकासको लागि राम्रो पोषण पहिलो सर्त हो ।

हाम्रो कपालको वृद्धि निरन्तर काटेर, खौरेर वा अन्य उपायले नभएर पोसिलो खानपान लगायतका सकारात्मक जीवन शैली वाट हुन्छ । कपाल बढाउन स्वस्थकर खानपानमा विशेष ध्यान ध्यान दिनु पर्छ ।

कपाल बढाउन प्रशस्त भिटामिन, प्रोटिन, अमिनो एसिड, ट्र्रस एलिमेन्ट , मिनरल्स लगायतका स्वस्थकर आहार लिनु पर्छ । हामीलाई थाहा नै छ कपालको जरो प्रोटिनले बन्छ ।

फलफूल, हरियो सागसब्जी, तरकारी, अनाज (होल ग्रेन) उपयुक्त मात्रामा सेवन गर्नु ले कपालको स्वास्थ्यलाई राम्रो बनाउँछ ।

केही विशिष्ट खाद्य पदार्थ ले समेत कपालको वृद्धिमा असर गर्छ ।

यस अन्तर्गत माछाको सेवनले प्राप्त हुने आवश्यक ओमगा–३ फैटि एसिड, प्रोटिन, भिटामिन बी–१२ र आइरन आदिले टाउको छालालाई रूखो हुन वाट जोगाउँछ र कपाललाई नीरस (डल) हुन वाट रोक्छ । हरियो सागसब्जी भिटामिन ‘ए र सी’ को उच्च मात्रा हुन्छ यसले कपाललाई राम्रो अवस्थामा राख्न सघाउँछ ।

गेडागुडी प्रोटिनले परिपूर्ण हुन्छ । जसले कपाल बढाउँछ र कमजोर हुन वाट रोक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?