काठमाडौँ – नेपाल सरकारकी सहसचिव मनमाया भट्टराई पङ्गेनीको गीत ‘तिम्रो मायाको सागर’ सार्वजनिक भएको छ ।
भावना म्युजिक सोलुसन युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा उनकै शब्द र स्वर छ ।
कमल सौरागको संगीतमा तयार भएको गीतमा मनमायालाई स्वरमा समेत कमलकै साथ छ । गीतको मिक्सिङमा राजकुमार बगर छन् भने भिडियो निर्देशन मौसम हिमालीको रहेको छ ।
त्यस्तै अभिनयमा विमल अधिकारी र करुणा कार्की रहेको म्युजिक भिडियो राजेश घिमिरेले खिचेका हुन् ।
गीतसङ्गीतमा रुचि भएर पनि कार्य व्यस्तताकै कारण यो पाटो ओझेलमा परेको मनमाया बताउँछिन् ।
फलतः पहिलो प्रस्तुतीका रुपमा यो म्युजिक भिडियो सार्वजनिक गरेकी उनी अव यो पाटोतर्फ सक्रिय हुने बाटोमा छिन् ।
उनी ‘इन्टेग्रिटी आइकन नेपाल २०२१’ सम्मानित कर्मचारी समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया