मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौँमा शुरु भयो ‘कलाशाला’, विदेशीसहित एक सयभन्दा बढी कलाकार सहभागी

काठमाडौँ– युरोपियन युनियन(ईयु)की राजदूत भेरोनिक लोरेन्जोको उपस्थितिमा अन्तर्राष्ट्रिय ‘कलाशाला’ कार्यशाला शुरु भएको छ ।

शुक्रवार राजधानीको एयरपोर्टस्थित ‘होटेल एयरपोर्ट’मा लोरेन्जोले कार्यशालाको उद्घाटन गरेकी हुन् । कार्यशाला उद्घाटन र कला अवलोकन गर्दै उनले कला मार्फत् नै फरक देश, फरक संस्कृति र फरक धारका मानिसबिच एक–अर्कामा एकता सम्भव भएको बताइन् ।

‘सांस्कृतिक विविधताबीच कलाले एकता ल्याउँछ,’ उनले भनिन्, ‘कलाकारहरुका लागि कलाको प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर पनि हो ।’ कला नै सबै देश, संस्कृति र मानिसलाई जोड्ने केन्द्रका रुपमा रहेको उनले सुनाइन् ।

कार्यशालामा सहभागी भारतका कलाकार प्रवीण कर्माकारले कार्यशालाले हाम्रो कला, संस्कृति र सांस्कृतिक सम्पदाको आदानप्रदान र थाहा पाउन सकिने बताए । यसबाट हामीले कलाबारे एक–अर्कामा सिक्न समेत पाउने उनको भनाइ छ ।

५ गतेसम्म जारी रहने ‘कलाशाला’ शीर्षक कार्यशालामा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान लागयत देशका १ सय भन्दा बढी कलाकारहरु सहभागी छन् । कलाकारहरुले कला मार्फत् नै प्रकृति, धर्म, संस्कृति, समाज, मानव लगायतका विषयलाई उजागर गरेका छन् ।

कलालाई वाटर, एक्रेलिक, प्रिन्ट, पेन एण्ड इन्क, पेन्सिल, डिजिटल आर्ट, मूर्तिकला लगायतका मध्यममा प्रस्तुत गरिएका छन् ।
३ गते बिहान ८ बजे कलाकारहरुसँग पाटन दरवार क्षेत्रमा भ्रमणपछि दिउँसो १ बजे नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरीमा जाने आकार सेन्टरकी अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् ।

उनका अनुसार ४ गते भने कलाकारहरुले पशुपतिनाथ दर्शन र भ्रमण गर्नेछन् । ‘होटेल एयरपोर्ट’ मा कला प्रदर्शनी भने जारी नै रहनेछ । ४ गते नै समापन समारोह पछि ५ गते कलाकाररुको बिदाइ हुनेछ ।

कार्यशालामा सिर्जना भएका कलाकृति बिक्री गरेर आएको ५० प्रतिशत रकम ‘सफलता एच.आई.भी.शिक्षा सदन’लाई प्रदान गरिने भएको छ ।

कलाको विस्तार र विकासका लागि सबैजना कलाकारहरु एकै हुनुपर्ने सन्देश लिएर कार्यशाला शुरु गरिएको भट्टराईले सुनाइन् । यसमा कलाका लागि चाहिने एकता र सिर्जनात्मक पक्षको विकास हुने उनको मत छ ।

कार्यशालालाई ‘इन आर्ट वर्ल्ड’को आयोजनामा आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?