मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हरिवंश आचार्यको गीत ‘मुटु फस्या थ्यो’ सार्वजनिक

काठमाडौँ – हरिवंश आचार्यको नयाँ गीत ‘मुटु फस्या थ्यो’ सार्वजनिक गरिएको छ । 

बिहीबार आरटी इन्टरटेनमेन्ट युटुयुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो। 

आचार्यकै शब्द र सङ्गीत रहेको गीतमा देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरिएको छ। गायनमा हरिवंश आचार्यलाई समीक्षा अधिकारीले साथ दिएकी छन्।

गम्भिर विष्टले निर्देशन गरेको यो गीतको भिडिओमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अञ्जली अधिकारीले अभिनय गरेका छन्। 

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडिओ सम्पादन भुपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायाङ्कन नवराज उप्रेतीले गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?