मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो शुरु भयो ‘निफ’

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो शुरु भएको छ । आज (बिहीवार) काठमाडौँको सिभिल मलमा आयोजना गरिएको उद्घाटन समारोह निर्धारित समयभन्दा निकै ढिलो शुरु भएको हो ।

प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा समयमा समारोहमा उपस्थित नहुँदा निफको कार्यक्रम निकै ढिलो शुरु भएको हो । औपचारिक कार्यक्रम साढे एक बजे गर्ने भनिए पनि साढे तीन बजेतिर मात्र शुरु गरिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजधानीको सुन्धारामा गरेको प्रदर्शनका कारण सो क्षेत्रमा सवारीसाधनको जाम परेको थियो । उद्घोषिकाले ‘जामका कारण मन्त्री ढिलो आएको’ बताएकी थिइन् ।

उपस्थित दर्शकले आयोजकले कार्यक्रमलाई राम्ररी व्यवस्थित गर्न नसकेको गुनासो गरेका थिए । लामो समयदेखि औपचारिक कार्यक्रमका लागि प्रतीक्षा गरिरहेका फिल्म मेकर तथा दर्शकलाई वरिष्ठ कलाकार नीर शाहले ‘अनौपचारिक’ भन्दै आफ्ना कुराहरू राखेका भुलाएका थिए ।

निफको उद्घाटन समारोहमा विदेशी फिल्मकर्मीसहित नेपाली चर्चित कलाकारले समेत उपस्थिति जनाएका थिए । उद्घाटन समारोहमा वरिष्ठ कलाकार नीर शाह, मदनकृष्ण श्रेष्ठ, भुवन केसी, दिया मास्के लगायतका थुप्रै कलाकारको उपस्थिति थियो ।

साथै समारोहमा महिलाहरूको टिमले पञ्जेबाजा बजाएर माहोल तताएका थिए ।

उद्घाटन समारोहमा आनी छोइङ डोल्माको जीवनीमा आधारित वृतचित्र ‘आनी छोइङ डोल्माः मिसन इम्पोसिबल’ र ‘डेसान’ देखाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?