मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा – जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।

जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्तभएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?