काठमाडौँ– पछिल्लो समय फोटो तथा भिडिओ खिच्नका लागि ड्रोनको प्रयोग धेरै गरिन्छ ।
त्यस्तै सामानहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन, कृषिजन्य प्रयोजनलगायतका धेरै क्षेत्रहरूमा पनि ड्रोनको प्रयोग हुने गरेको छ । यस्तै युद्धका दौरान पनि ड्रोन प्रयोग हुन थालेको छ ।
योसँगै एआई र फेसियल रिकग्निसन सिस्टममा आधारित रहेको ड्रोन सार्वजनिक भएको छ ।
एक इन्जिनियर तथा उद्यमी लुइस वेनसले सामाजिक सञ्जाल एक्समा एक पोस्ट शेयर गर्दै यसबारे जानकारी गराएका हुन् ।
उक्त भिडिओमा उनले सो ड्रोन केही घण्टामै तयार पारेको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उक्त ड्रोनले कुनै व्यक्तिमाथि प्रहार गर्न निर्देशन सजिलै पुरा गर्ने उनको भनाइ छ । यस ड्रोनलाई अब्जेक्ट डिटेक्सन मोडेल प्रयोग गरेर एआईले कन्ट्रोल गर्ने उनको तर्क छ ।
तर यस्तो किसिमको एआई ड्रोनलाई कतिपय विश्लेषकहरूले खतरनाक प्रविधिका रूपमा पनि हेरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया