मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पेट सफा बनाउन खानुहोस् यी पाँच फल 

जोयनेपाल
1.5k
Shares
Jayasurya Anushka Shetty Kathanar movie stills images

अत्यधिक गलत प्रकारको खानपान हाम्रो आन्द्रामा पच्दैन जसले गर्दा पेटमा फोहोर जम्मा हुन थाल्दछ । यदी यो फोहोर धेरै दिनसम्म रहन थाल्यो भने कब्जियत, ग्यास तथा पेट दुख्ने समस्या हुन थाल्छ ।

यसबाट राहत पाउनका लागि केही खानेकुरा अत्यधिक फाइदाजनक मानिन्छन् । आउनुहोस् जानौं त्यस्ता केही फलहरु जसलाई एक हप्ता खानुभयो भने पनि तपाईंको पेट सफा हुनेछ ।

स्याउ
विशेषज्ञका अनुसार स्याउमा भरपूर मात्रामा फाइबर हुन्छ । जसले मल त्याग गर्नका लागि सहयोग गर्दछ । यसमा पेक्टिन हुन्छ जसले पेटको स्वास्थ्यलाई राम्रो बनाउँछ । स्याउको सेवन सधैं बोक्रासँगै गर्नुपर्दछ ।

मेवा
मेवा पेटका लागि एकदमै फाइदाजनक हुन्छ । कब्जियतको समस्या हुँदा मेवाको सेवन गर्नुपर्दछ । यसमा पेपैन नामक एन्जाइम हुन्छ, जसले पाचन प्रक्रियालाई राम्रो बनाएर कब्जियत भगाउँछ । नियमित रुपमा दैनिक मेवा खाँदा पेटसँग जोडिएको समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

सुन्तला
यदि तपाईंलाई कब्जियतको समस्या छ भने सुन्तलालाई आफ्नो खानपानमा समावेश गराउनुहोस् । यसमा फाइबर एकदमै धेरै हुन्छ जसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । सुन्तलामा नारिनजेनिन हुन्छ जसले कब्जियतबाट छुट्कारा दिन्छ ।

कीवी
कीवीमा भरपूर मात्रामा पानी र फाइबर हुन्छ जसले कब्जियतबाट छुट्कारा दिन्छ । यसमा एक्टिनिडिन नामक एन्जाइम हुन्छ जसले प्रोटिनलाई तोड्न सहयोग गर्छ । साथमा यो पाचन तथा कब्जियतका लागि पनि एकदमै राम्रो मानिन्छ ।

नासपती
नासपतीको सेवन गर्नाले पनि पेट सफा हुन्छ । यसमा कैयौं त्यस्ता पोषक तत्वहरु हुन्छन् जसले पाचन प्रणालीलाई सुधार गर्न सहयोग गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?