मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महिनावारीमा ध्यान दिनुपर्ने यी कुरा

महिनावारी को समयमा यदि स्यानिटरी प्याड हरेक ३–४ घण्टामा फेरिएन भने थुप्रै प्रकारको सङ्क्रमण हुन सक्छ ।

महिनावारीको समय स्यानिटरी प्याड उपयोग गर्ने महिलाहरू मध्ये धेरै जसोले दिनभरी एउटै प्याड उपयोग गर्ने समेत देखिएको छ । तर यस्तो गर्नु स्वास्थ्यको लागि धेरै  नै खतरनाक हुने चिकित्सकहरू बताउँछन् ।

महिनावारी मा प्याड फेर्ने कुरा ब्लड फ्लो मा मात्रै निर्भर गर्दैन, रगतको बहाव कम होस वा बढी नियमित अन्तरालमा प्याड फेर्नु बानी बसाल्नु पर्छ । स्यानिटरी प्याड समयमा नफेर्दा सङ्क्रमण हुने, चिलाउने, सुन्निने, अनियमित योनि स्राव लगायतका लक्षण देखिन सकिन्छ ।

सन २०१८ मा गरिएको एउटा अध्ययनमा के देखिएको थियो भने दिनभरी मा स्यानिटरी प्याड नफेर्दा तल्लो प्रजनन पथ (लोअर रिप्रोडक्टिझ ट्र्रैक्ट) को सङ्क्रमण हुन सक्छ । यो सङ्क्रमणलाई कन्टेक्ट डर्मेटाइटिस को रूपमा समेत जानिन्छ ।

यसमा एउटा प्याड सँग लामो समय सम्म सम्पर्कमा रहने कारणले छालामा जलन र बिमिरा हुन सक्छ । यो बिमिरा सामान्यतया योनि क्षेत्रको छेउ छाउ मा हुन्छ ।

विज्ञहरूको अनुसार महिनावारीको समय ब्लिडिङ (रगतको बहाव) सामान्य होस वा अत्यन्त न्यून होस , ब्याक्टेरिया जम्मा हुन सक्छ । यही कारणले दिन भरीमा प्याडलाई हरेक तिन देखी चार घण्टा मा फेर्नु पर्छ । यसरी नियमित अन्तरालमा प्याड फेर्नु आन्तरिक स्वच्छताको लागि मात्र नभई गन्ध रोक्न समेत सघाउँछ ।

समयमा प्याड न फेर्दा ल्युकोरिया हुने जोखिम समेत हुन्छ । ल्युकोरिया यस्तो अवस्था हो जसमा योनि क्षेत्र वाट बढी मात्रामा सेतो पानी (हृवाइट डिस्चार्ज) बग्छ । यो कारणले महिला कमजोरी थकाइ अनुभव गर्छन् । एउटै प्याड लाई बारम्बार उपयोग गर्नाले सङ्क्रमणको सम्भावना समेत बढ्छ ।

यस्तोमा चिलाउने र पोल्ने समस्या देखिन सक्छ । महिनावारी को समय योनिको छेउ छाउ मा सर सफाइ न हुने कारणले डाबर हुन सक्छ । अझ दिनमा ३–४ पटक प्याड नफेर्ने  एउटै प्याडले दिन कटाउनेहरूलाई फंङ्गल, ब्याक्टेरियल सङ्क्रमण हुन सक्छ । यसले गर्दा योनि र छेउछाउमा निरन्तर चिलाउने र जलन हुन सक्छ ।

महिलामा युरिनरी ट्र्रैक्ट इन्फेक्सन (मुत्र पथको सङ्क्रमण) आम समस्या हो । महिनावारीको समय समय मै नियमित रूपले प्याड न फेर्दा धेरै जसो यो समस्या देखिन सक्छ । युटिआइ मा पिसाब फेर्दा पेटको तल्लो भागमा दुखाइ र पोलाइ हुन सक्छ ।

यसकारण महिनावारीको समयमा ब्लीडिङ थोरै मात्रामा हुनेहरूले पनि तीन–चार घण्टाको अन्तरालमा प्याड परीर्वतन गर्न आवश्यक छ । अन्यथा विभिन्न सङ्क्रमणले सताउन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?