मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ग्याजेट चलाउँदा आँखा जोगाउन अपनाउनुहोस् यस्तो सावधानी 

अहिलेका पुस्ताको दैनिकी मोबाइल,कम्प्युटर,ट्याब जस्ता ग्याजेटस् बिना अपूरो छ भन्दा फरक पर्दैन ।

हरेक व्यक्ति कोक्रामा खेल्ने बच्चादेखि चौरासी वर्ष पार गरेका वृद्धा सम्मको हात–हातमा मोबाइल फोन हुन्छ । नेपाली समाज पनि एडभान्स र डिजिटल बन्दै जाँदा कार्यालयमा हुने लगभग नब्बे प्रतिशत काम नै कम्प्युटर, मोबाइलबाट हुन्छ । 

समाज डिजिटल युगतर्फ लम्कनु राम्रो कुरा हो तर प्रविधि र विकाशको नाममा हामी हरेक कुराको आदत र नसा बनाइरहेका छौ । उस्तै परे हामी बिहान उठेदेखि सुत्ने समयसम्म नै मोबाइल र कम्प्युटरको अघि बसिरहेका हुन्छौ ।

यसो हुँदा हाम्रो स्वास्थ्यमा कत्तीको असर पर्छ भन्ने कुरा हामी सोच्नै भ्याउँदैनौ । विशेष गरी धेरै समय स्क्रिनमा बस्दा हाम्रो आँखामा कस्तो असर पर्छ भन्ने कुराको हेक्का पनि हामीमा छैन ।

यस कारण पछिल्लो समय निकै सानो उमेरको बच्चाले पनि चस्मा लगाउनुपर्ने समस्या तपाईँले देख्नुभएको होला । र हरेक उमेर समूहका व्यक्तिहरूमा आँखाको समस्या भयावह नै बनिरहेको छ ।  

हामीले धेरै समय कम्प्युटर र मोबाइल स्क्रिन लगायत ग्याजेटमा समय बिताउँदा हाम्रो आँखा सुख्खा हुने समस्या हुन्छ ।

साथै आँखाको वरपर दुख्ने, आँखालाई थकान महसुस हुने, पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरू उत्पन्न हुन्छ । यस कारण स्क्रिनबाट आँखा जोगाउन नेत्र रोग विशेषज्ञ डा.पारस पौडेल यस्तो सुझाव दिन्छन् । 

स्क्रिनको असरबाट आँखा बचाउन अपनाउनुहोस् यस्ता सावधानी 

–यदि तपाई आफ्नो आँखालाई स्वस्थ र सुरक्षित राख्न चाहनुहुन्छ भने स्क्रिनको अगाडि बस्दा  पावर नभएको ब्लु रे कट  चस्मा लगाएर मात्र बस्नुहोला । यो ब्लु रे कट चस्माले कम्प्युटर जस्ता स्क्रिनहरूबाट आउने रे हरूलाई कट गर्छ । जसले गर्दा उक्त रे हरू सिधै आँखामा जान पाउँदैन  जसले गर्दा स्क्रिन टाइम बढी भए पनि केही हदसम्म आँखामा समस्या कम हुन्छ । 

–अर्को भनेको स्क्रिनमा लामो समय बिताउँदा आँखा निकै ड्राई हुन्छ जसकारण हामीले आर्टिफिसीयल टिएर अर्थात कृत्रिम आशुको प्रयोग गर्नुपर्दछ जसले केही हदसम्म हाम्रो आँखाको रक्षा गर्दछ ।

–आँखाको लागी मुख्य आवश्यक तत्त्व भनेको भिटामिन ए हो । यस कारण भिटामिन ए पाइने तरकारी, फलफूलहरू जस्तै लट्टे, सिस्नो, करी पत्ता, चुकन्दर, साग, ब्रोकाउली, पनिर, बटर, गाजर, खुर्सानी, डेरीबाट उत्पादित सामग्री, राजमा, मटन, आँप, पालक, मटर, फर्सी, रातो खुर्सानी, सी फुड, सलगम, टमाटर, सखरखण्ड, तरबुजा,मेवा,  मकैका दाना, पहेँल फलफूलहरूको सेवन गर्नुपर्दछ । यो सँगै पानी प्रशस्त मात्रामा सेवन गर्नुहोस् ।

–सकेसम्म आफ्नो स्क्रिन समयलाई घटाउनुहोस् । पानी पर्याप्त मात्रामा पिउनुहोस् । र खुल्ला आँखाले स्क्रिन हेर्ने बानी हटाउनुहोस् ।

– तपाईँको आँखा कमजोर छ भने पावरवाला चस्मा स्वतः लगाई हाल्नुहुन्छ यदि ठिक छ भने पनि ब्लु रे कट चस्माको सहायतामा मात्र ग्याजेटहरुको प्रयोग गर्नुहोला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?