मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रभास स्टारर फिल्म ‘सलार-२’को क्लाइम्याक्सको पुनः सुटिङ हुने

काठमाडौँ – बलिउड फिल्म सलार २ को क्लाइमेक्स पुनः सुटिङ हुने भएको छ । फिल्म निमार्ण पक्षका अनुसार यो बर्ष यो वर्षको अन्त्यसम्ममा फिल्म रिलिज हुन गाह्रो देखिएको छ। स्रोतका अनुसार फिल्मको अन्तिम सम्पादन पछि मात्र यसको रिलीज मिति घोषणा हुनेछ ।

गत डिसेम्बरमा रिलिज भएको प्रभास स्टारर ‘सलार’ ले बक्सअसफिसमा धूम मच्चाएको थियो । आम दर्शकले निकै मन पराएको यो फिल्मको त्यति बेलैबाट सिक्वेलको माग हुँदै आएको छ । हुन त सलारमा प्रस्तुत भएको अधुरो कथावस्तुले नै यो अनुमान पनि लगाइएको थियो ।

‘सलार २’ मा जोडिएका बवी सिम्हाले यसको सुटिङलाई लिएर नयाँ खुलासा गरेका हुन् । उनले एक अन्तरवार्ताका क्रममा आगामी अप्रिलबाट ‘सलार २’ सुटिङको तयारी भइरहेको बताएको समाचार एजेन्सीले जनाएको छ । हैदरावादमा १० दिनसम्म फिल्मको छायांकन हुनेछ । फिल्म निमार्ण पक्षका अनुसार यो वर्ष फिल्म रिलिज हुन भने मुस्किल पर्नेछ ।

अब यो फिल्मको रि-शुट बाहेक पहिले नै रोकिएका ६०० भिएफएक्स सटमा पनि काम गर्नुपर्नेछ । यस्तो अवस्थामा यो वर्षको अन्त्यसम्ममा फिल्म रिलिज हुन गाह्रो देखिन्छ । प्रशान्तले यसको अन्तिम सम्पादन पछि मात्र यसको रिलीज मिति घोषणा गर्नेछ।

जसमा प्रभास नै मुख्य भूमिकामा देखिने छन् भने पहिलो भागले झैँ यो पनि ब्लकबष्टर साबित हुने आशामा निर्माण पक्ष छ । यस अघि सलारले विश्वभरबाट ६१७ करोड भारु कमाएको थियो । प्रभासका साथमा पृथ्वीराज सुकुमारन, श्रुति हसन, श्रिया रेड्डी जस्ता स्टारको भूमिका रहेको यो फिल्म अहिले ओटीटीमा हेर्न सकिन्छ ।

प्रभासको यो फिल्मको बजारमा निकै चर्चा छ । कारण के हो भने प्रभास एक पटक फेरि एक्सन अवतारमा फर्किएका छन् । अर्कोतर्फ, यस फिल्मलाई निर्देशन गरेका प्रशान्त नीलका पछिल्लो दुई फिल्म ‘केजीएफ’ र ‘केजीएफ २’ ब्लकबस्टर हिट भएका छन् ।

यसबाहेक वितरकहरू पनि सालारलाई सोही मुल्य तिर्न तयार छन् । यो पनि कारण हो कि यो फिल्ममा निर्माताहरूले विस्तृत काम गरिरहेका छन्। यो फिल्मको हालत प्रभासको अघिल्लो फिल्म ‘आदिपुरुष’ जस्तो होस् भन्ने उनी चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?