काठमाडौँ– इन्डोनेसियाको एक विमानका दुवै पाइलट निदाएको घटना बाहिरिएको छ । स्थानीय वायु सेवा बटिक एयरको एक उडानका क्रममा विमानका दुवै पाइलट निदाएका हुन् ।
बीबीसीका अनुसार सुलवेसीदखि राजधानी जकार्तातर्फ गइरहेको एयरबस ए३२० का दुवै चालकहरु आधा घण्टासम्म निदाएका थिए । पाइलटहरु निदाएपछि विमान आफ्नो नियमित बाटोभन्दा बाहिर पुगेको थियो ।
यस विषयमा त्यहाँको यातायात मन्त्रालयले छानबिन समेत गर्ने भएको छ ।
पाइलटहरु निदाए पनि उक्त विमान सकुशल अवतरण गरेको थियो । उक्त विमानमा १ सय ५३ जना यात्रु र चालक दलका सदस्यहरु थिए ।
यो घटना २५ जनवरीको भएको र उक्त घटनापछि दुवै पाइलटलाई निलम्बन गरिएको बीबीसीले जनाएको छ ।
उक्त विमान उडेको केही समयपछि पाइलटले कोपाइलटलाई जिम्मा दिँदै एकछिन आराम गर्ने भन्दै निदाएका थिए । तर, एकपछि पनि कोपाइलट पनि निदाएको प्रतिवेदनमा उल्लेख छ ।
पछि भने लिड पाइलट जागेर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरेका थिए । त्यसपछि जहाज सकुशल अवतरण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया