मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईलाई थाहा छ, दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ ?

काठमाडौं – तपाई हामी सबैले दाँत माझ्छौ । हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ । कहिले काही हामीले विचार गरेका छौ कि नाई ? दाँत सफा गर्दा गर्दै पनि किरा लाग्छ र अन्तिममा दाँत नै निकालेर फाल्नुपर्छ । किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं । दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं ।

हाम्रोमा यो स्वास्थ्य टिप्स हेर्दै र पढ्दै गर्दा तपाईलाई पक्कै लाग्न सक्छ ? सानोदेखि नै गर्दै आएको काम पनि सिकाउनुपर्छ र भन्नु होला ? अति मात्र होइन, तपाईको मनमा अर्को प्रश्न नि आउन सक्छ दाँत माझ्ने पनि नियम हुन्छ र भन्ने पनि लाग्ला ? तर संसारका धेरै देशमा भएका अनुसन्धानले अधिकांश मान्छेले गलत तरिकाले दाँत माझ्दा समस्या हुने गरेको देखाएको छ ।

तपाईलाई थाहा छ, दाँतमा समस्या आउने भनेको त्यहाँ जम्मा हुने फोहोरले हो । फोहोर भन्नाले ब्याक्टेरिया, तिनले निकाल्ने एसिड (अम्ल) र खानेकुराका लेग्रा हुन् । खानेकुरा खानेबित्तिकै यी सबै कुरा दाँतमा बस्छन् । तत्कालका लागि हानिकारक पनि हुँदैनन् । तर लामो समयसम्म यी सफा नभएर दाँतमा बसिरहे समस्या निम्त्याउँछन् ।

सामान्यतया १२ घन्टासम्म यसै छाडिए हानिकारक हुने अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनले देखाएको छ । अध्ययनहरूका अनुसार हाम्रो दन्त स्वास्थ्यमा दाँत माझ्ने तरिकाले ठूलो फरक पार्छ । सही तरिका र शैली पछ्याएदेखि दाँतमा देखिने धेरै समस्या कम हुन्छ ।

१. कस्तो ब्रसले माझ्ने ?

नरम तार र तारहरूबीचको दुरी मध्यम भएको ब्रस उपयुक्त ।

फराकिलो तार भएको ब्रसभन्दा मसिना रेसा भएका ब्रसले अप्ठ्यारा र भित्री भागसम्म पुगेर सफा गर्न मद्दत गर्छ ।

अनि ब्रस छान्दा हातमा सजिलै अट्ने र समाउन सजिलो हुने ह्यान्डल भएको छान्नुपर्छ ।

एउटै ब्रस लामो समय चलाउनु पनि हुँदैन ।

दाँतसँगै हाम्रो ब्रस पनि सफा गर्नुपर्छ ।

दाँत माझ्दा धेरैजसो फाइदा मञ्जनले नै दिने हो । मञ्जनमा हुने मुख्य पदार्थ भनेको फ्लोराइड हो जसले दाँतमा कीरा लाग्न रोक्ने पुष्टि भइसकेको छ । फ्लोराइडले दाँतबाट गुमेको खनिज फर्काउँछ र बलियो पनि बनाउँछ । फ्लोराइडको मात्रा १३५० देखि १५०० पीपीएम भएको मञ्जन राम्रो हुन्छ । यत्ति मात्रा भएको मञ्जनले कीरा रोक्न प्रभावकारी भूमिका खेल्छ ।

यसरी माझ्नुस दाँत

केराउ आकार जति मञ्जन ब्रसमा लगाउने ।

दाँतमा दायाँबायाँ सिधै घोट्ने होइन,घुमाइ घुमाइ माझ्नुपर्छ ।

४५ डिग्रीको कोणमा अर्थात् अलिकति छड्के बनाएर माझ्नुपर्छ ।

अनि मुख आँ गरेर दाँतको भित्रपट्टिसम्म सफा गर्नुपर्छ ।

हामीले दिनको दुईपटक, दिनमा र रातमा दाँत माझ्नुपर्छ । दिउँसोको तुलनामा राति हामीले कम मात्रामा थुक उत्पादन गर्छौं । थुकले हाम्रो दाँतको सुरक्षा गर्छ । कम थुक भएकै कारण राति हाम्रो दाँतको सुरक्षा पनि कम हुन्छ र अम्ल उत्पादन हुने जोखिम बढ्छ । दाँतमा भएका ब्याक्टेरिया हाम्रो जिब्रोमा पनि बसेका हुन्छन् । जिब्रोका ब्याक्टेरियाले पनि दाँत र मुखको स्वास्थ्यमा असर पार्छन् । जिब्रोका ब्याक्टेरिया सहजै हटाउन मुश्किल हुन्छ । त्यसैले जिब्रोमा पनि ब्रस लगाउनुपर्छ ।

अहिले पहिला जस्तो वातारण र जीवनशैली छैन । त्यसैले दन्त स्वास्थको लागि मन्जन र नरम ब्रस आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?