मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फलफूलको बोक्रा फाल्नुहुन्छ ? यसरी गर्नुहोस् उपयोग

हामी फलफूल खान्छौँ र यसको बोक्रालाई काम नलाग्ने ठानेर मिल्काउँछौँ । तर फलफूल सरह नै फलफूलको बोक्राबाट पनि  अनेक फाइदा लिन सकिन्छ ।

सुन्तला 

सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्त्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा चपाएर खानुहोस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ ।  सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ ।

यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ । सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।

अनार 

घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सन्चो हुन्छ ।  गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।

अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पता लगायत समस्याबाट समेत जोगाउँछ ।

केराको बोक्रा

केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्त्व हुन्छन् । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले पाचन लगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । 

केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोग प्रतिरोधी क्षमता बढाउने लगायत काम गर्छ । आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।

खरबुजा

शरीरको वजन नघटेर वाक्क दिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुहोस् । यसले वजन घटाउन सहयोग गर्छ । खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले स–साना टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुहोस् ।

काँक्रो

काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नफालीकनै काँक्रो खाने गर्नुपर्छ । शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु उपयोगी हुन्छ । काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ ।

स्याउ

स्याउमा पाइने पोषक तत्त्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन । स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्त्व पाइन्छ, जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्त्व पनि पाइन्छ ।

कागती 

कागतीको बोक्रा खाने गर्नाले रोग प्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ । कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्त्व पनि पाइन्छ । कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?