मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालो चिया तपाईको स्वास्थ्यको लागि वरदान

काठमाडौँ – बिहान सबेरै उठेपछि धेरैले गर्ने पहिलो काम भनेको चिया पिउनु हो । यदि तपाई पनि चिया पिएर दिनको सुरुवात गर्न चाहानुहुन्छ भने आजैदेखि कालो चिया खाने बानी बसाल्नुस ।

राम्रो चिया पिएर दिनको सुरुवात नगर्ने हो भने धेरैको दिन बिग्रन्छ । यस्तो अवस्थामा दुध र चिनी बिनाको चिया बनाउछौं भने कस्तो लाग्छ ? कालो चियाले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ। चाहे तपाई तौल घटाउन चाहनुहुन्छ वा राम्रो पाचन प्रणाली।

इम्युनिटी बलियो बनाउँछ: कालो चियाको सेवनले बदलिँदो मौसममा रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। यो धेरै भाइरल संक्रमणहरु बाट बचाउन पनि धेरै प्रभावकारी छ। एन्टि-अक्सिडेन्टको मामिलामा यो चियाको कुनै प्रतिस्पर्धा छैन।

मुटुको स्वास्थ्यका लागि राम्रोः कालो चियामा पाइने एन्टिअक्सिडेन्ट गुणले मुटुको स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । बिहान दूधसँग चियाको सट्टा यसको सेवन गर्दा मुटुको वरिपरिको धमनीमा रगत जम्ने समस्या हुँदैन ।

संक्रमणबाट बचाउँछ: कालो चियामा फ्लेभोनोइड्स र पोलिफेनोल जस्ता धेरै एन्टिब्याक्टेरियल गुणहरू पाइन्छ, जसले तपाईंलाई बदलिँदो मौसम वा भाइरलबाट हुने संक्रमणबाट बचाउन सक्छ।

पाचन सुधार गर्छ: कालो चियामा टैनिन र एन्टी-इन्फ्लेमेटरी गुणहरू प्रशस्त मात्रामा पाइन्छ। यस्तो अवस्थामा यसको सेवनले तपाईको पाचन क्रिया पनि राम्रो हुन्छ । यसका साथै यसले पेटमा ग्यास हुने वा अपचबाट पनि बचाउँछ। दूधको चिया भन्दा पेटको स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?