मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलिब्रेटी

यो देश न बन्छ, न सुध्रन्छ, सधैँ यस्तै चल्छः हरिवंश आचार्य

काठमाडौँ– वरिष्ठ अभिनेता हरिवंश आचार्य यतिबेला फिल्म ‘महाजात्रा’ को प्रचारमा व्यस्त छन् ।

चैत्र ९ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा हरिवंशले एक भ्रष्ट नेताको भूमिकामा अभिनय गरेका छन् । वास्तविक जीवनमा भने उनले राजनीतिलाई हेर्ने दृष्टिकोण फरक भएको बताए ।

जोय नेपालसँगको कुराकानीमा उनले नेपाल विकास हुनेमा आफू विश्वस्त नरहेको र यसको कारण राजनीति भएको बताए । उनले भने, ‘मलाई नेपाल सधैँ यस्तै नै हुन्छ जस्तो लाग्छ, न यो कहिल्यै बन्नेछ, यो देश वाह्य शक्तिले नै यस्तै होस् भन्ने चाहन्छ ।’

उनका अनुसार नेपाल बन्यो भने केही देशलाई घाटा छ, जसले नेपालमा आफूले भने अनुसार गर्न पाएका छन् । उनीहरुले यो देशमा कहिल्यै स्थायित्व चाहँदैनन् ।

‘पृथ्वीनारायण शाहले एकीकरण त गरिदिनुभयो तर त्यसपछि यो देशमा सधैँ केही न केही भइरहेको छ, मेरो विचारमा न यहाँ ठूलो विद्रोह पनि कहिल्यैँ हुँदैन र राजनीतिक रुपमा स्थायित्व पनि हुँदैन,’ उनले भने ।

साथै उनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुन्ने व्यवस्था हुने हो भने आफू राजनीतिमा आउन सक्ने पनि बताए ।

‘नेपालको राजनैतिक व्यवस्था नै गलत छ, यहाँ एकजनाले चाहेर केही पनि हुँदैन, गुण्डा र भ्रष्टहरुले चुनाव जित्छन्, र उनैले चुनेको प्रधानमन्त्रीले कसरी देश बन्छ?,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?