जो नाच्छ, हाँस्छ उ धेरै बाँच्छ भने लाइन हामीले सुनिरहेका हुन्छौँ। हो वास्तवमै नाच्ने,हाँस्ने मान्छेहरू स्वस्थकर हुने रहेछन् । यदि तपाई पनि आफूलाई स्वस्थकर,फुर्तिलो, बनाउन चाहनुहुन्छ भने आफ्नो व्यायाम नाच्ने काम पनि समेट्ने गर्नुहोला । अब स्वस्थ हुन नाच्नुस् पनि । नाचले शरीरसँगै दिमागमा पनि सकारात्मक असर पर्छ ।
यस्ता छन् नाच्नुका फाइदाहरू:
सकारात्मक ऊर्जा उत्पन्न हुन्छ
हामी नाच्दा शरीरमा सकारात्मक ऊर्जा उत्पन्न हुन्छ । नकारात्मक कुराहरूले तपाईँलाई गिजोलिरहेको छ अथवा निराशाजनक अवस्थामा हुनुहुन्छ भने पनि तपाई मोटिभेट हुन सक्नुहुन्छ । नृत्य गर्नाले तनावबाट राहत मिल्छ । जब तपाई कुनै मनपर्ने गीत सुन्दै नाच्नुहुन्छ, सारा तनाव भुल्नुहुन्छ र स्फूर्ति महसुस गर्न सक्नुहुन्छ ।
तौल घटाउन लाभदायक
नाच्दा शारीरिक अभ्यास हुन्छ । यसबाट १०० देखि ४०० सम्म क्यालोरी घट्छ । पछिल्लो समय हामीहरूले धेरै जिमखानाहरु जस्तै जुम्बा क्लासहरू सञ्चालन भएको देख्न सक्छौ । यसकारण पनि हामी बुझ्न सक्छौँ नाच्दा शारीरिक व्यायाम हुन्छ र तौल घटाउन लाभदायक हुन्छ ।
मनोरञ्जनात्मक अभ्यास
जसलाई सामान्य अभ्यास गर्न बोर लाग्छ, उनीहरूका लागि नाच एक मनोरञ्जक अभ्यास हुन सक्छ ।
बडी टोन मजबुत
नाचबाट तपाईँको बडी टोन मजबुत हुन्छ । यसबाट शरीरमा तागत आउँछ र शरीरको लचिलोपन पनि बढ्छ ।
आत्मविश्वास बढाउँछ
नाच्नाले तपाईँमा कन्फिडेन्स पनि महसुस हुन्छ । यसबाट हिचकिचाहट पनि दूर हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया