मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एकसाथ मिसाएर खान नहुने खानेकुराहरू 

हामीले खाने सबै खानाहरूले हामीलाई धेरै थारै मात्रामा पौष्टिक तत्त्व दिइरहेका हुन्छन् । हामी नेपालीहरूको बानी के छ भने खाना सँगसँगै अरू खानेकुराहरू पनि मिसाएर खाने गर्दछौ ।

तर कतिपय खानेकुराहरू एक–अर्कामा मिसाएर खाने गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन्।

यस्ता कुरामा ध्यान नदिँदा तपाईँको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ । कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन सक्छ । 

यस्ता छन् मिसाएर खान नहुने खानेकुरा :

– मासु र मिठाइ

यदि तपाईँले कुखुराको मासु खानु भएको छ भने सके सम्म दूधका पदार्थहरू नखानुहोस् । मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । यसले पनि पेटमा समस्या ल्याउन सक्छ ।

– दूध र दही

दूधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दूध र दहीमा हुने तत्त्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दूध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरू बताउँछन् ।

– आलु र भात

हुन त हाम्रो हरेक तरकारीमा आलु हुन्छ र भातसँग खाने तरकारीमा पनि आलु हुन्छ । तर आलु र भातको मिश्रण पेटका लागि भने समस्या हुने विज्ञहरू बताउँछन् । यी दुवै कुरा एकै पटक सेवन गर्दा पेटमा कब्जियतको समस्या हुने बताइन्छ ।

– कोल्डड्रिङ्क्स र गुटका–पान 

यदि तपाईँले कोक फान्टा वा अन्य कोल्डड्रिङ्क्स सेवन गर्नु भएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ । यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरू बताउँछन् ।

– माछा र दही

दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले तपाईँलाई छालाको रोग लाग्ने र एलर्जी हुने खतरा समेत बढाउँछ ।

– प्याज र दूध

प्याज र दूध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दूध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।

– खाना र फलफूल

खाना खाने समयमा फलफूल सेवन नगर्नुहोस् । फल सेवन गरेपछि कम्तीमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ । खानामा कार्बोहाइड्रेट बढी हुने र फलमा प्रोटिनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?