मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी जोगाउने पैसा ? यी ७ तरिका तपाईँलाई काम लाग्न सक्छन्

सीमित कमाइकाबीच प्राय मानिसहरूलाई परिवार चलाउनु पर्ने बाध्यता हुन्छ । तपाईँको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईँले कमाएको पैसा अपर्याप्त भएको हुन सक्छ ।

पहिलाको तुलनामा तपाईँको रोजगारी वा व्यवसायमा तपाईँले प्राप्त गर्ने रकम वढेपनि रकम नजोगिएर हैरान हुन भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपाईँलाई काम लाग्न सक्छ ।

पैसा जोगाउने केही तरिका

उपहार योजनाबाट नलोभिनुस् : आफूलाई चाहिएको कुरा मात्र किन्नुस् । र आवश्यक परेको बेला मात्र किन्नुस् ।

एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।

प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस् ।

खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।

सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।

प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।
अनावश्यक कुरा बेच्नुस्।

ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?