मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेटिङ जाँदा के गर्ने, के नगर्ने ? यी हुन् ध्यान दिनुपर्ने कुरा

आफूले मन पराएको व्यक्तिसँग नयाँ ठाउँमा घुम्न गएर मनका कुरा व्यक्त गर्दा आउने आनन्द नै बेग्लै हुन्छ । यसरी तपाई आफ्नो सपना आफैँले मन पराएको व्यक्तिसँग भेटेर सुनाउँदै हुनुहुन्छ भने त्यो क्षण तपाईँका लागि अझै विशेष बन्छ ।

यदि तपाईँ आफूलाई मन परेको मानिससँग पहिलो पटक भेट गर्न जाँदै हुनुहुन्छ भने, यो भेटलाई स्मरणीय बनाउनुपर्छ । त्यसैले पहिलो भेटमा भेटिने मानिससँग लामो सम्बन्ध राख्ने वा नराख्नेबारे निक्य्राैल गर्दै तपाई पहिलो भेट महत्त्वपूर्ण बनाउन जरुरी छ । त्यो भेटलाई प्रिय बनाउन यी उपाय अपनाउनुहोस्:

अति आवश्यक बाहेक फोन नउठाउनुस् : यदि तपाईँ पहिलो डेटमा हुनुहुन्छ भने तपाईँको मोबाइल साइलेन्ट मोडमा राख्नुहोस् । तपाईँले कुरा गरिरहेको बेला फोन आएमा हत्तपत्त फोन नउठाउनुस् । अति आवश्यक फोन भएमात्र म कुरा गर्छु है भनेर फोन उठाउनुहोस् ।

बहस वा विवाद नगर्नुहोस् : डेटमा हुँदा एक आपसमा भएका कुरामा मात्र ध्यान दिनुहोस् । एक अर्काको कुरा राम्ररी सुनियोस् भन्नेमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ । विवाद हुने कुनै पनि बहस हुनासाथ त्यसमा गम्भीर नहुनुहोस् । सकेसम्म विवाद हुनसक्ने विषय ननिकाल्नुहोस् ।

यसअघिका प्रेमका विषयमा कुरा नगर्नुहोस्: यदि तपाईँ यसअघि प्रेममा हुनहुन्थ्यो भने त्यो विषयमा प्रवेश गर्दै नगर्नुहोस् । पहिलो भेटमा अगाडिका प्रेमका विषयमा कुरा गर्नुहुँदैन । यसले तपाईँलाई भेट्न आउनेलाई मानिसलाई नकारात्मक असर पर्न सक्छ । यदि पूर्वप्रेमिका बारेमा सोधिए पनि साधारण जवाफमा पन्छाउनुहोस् ।

पहिरनमा विशेष ध्यान दिनुहोस्: यदि कसैसँग पहिलो पटक भेट्दै हुनुहुन्छ भने आफूले लगाउने पहिरनमा विशेष ध्यान दिनुपर्छ । राम्रो पहिरनले भेट सुन्दर हुने मात्र होइन, व्यक्तित्वमा समेत निखार ल्याउँछ । तर, नयाँ किनेको पहिरन पहिलो पटक भने लगाउनु हुँदैन । किनकि नयाँ लुगाले तपाईँलाई सहज नबनाउन सक्छ।

बढी नबोल्नुहोस्: केही मानिसलाई पहिलो भेटमा आफू निकै जान्ने छु भनेर देखाउने वा कुराकानी गर्ने बानी हुन्छ । तर, पहिलो डेटमा कहिल्यै पनि चाहिने भन्दा बढी बोल्नु हुँदैन । यसले तपाईँलाई भेट्ने मानिसको मनमा तपाईँको अत्यधिक बोल्ने बानिले तपाईँप्रतिको लगाव घट्न सक्छ ।

धूम्रपान वा मादक पदार्थ सेवन नर्गनुहोस्: पहिलो भेटमा कहिल्यै पनि धूम्रपान वा मदिरा सेवन गरेर जानु हुँदैन । आफूलाई सहजता हुने नाममा अनावश्यक गन्ध आउने कुनै पनि कुराको सेवन वा प्रयोग गर्नुहुँदैन । यहाँसम्मकी बडि स्प्रे वा परफ्युमसमेत धेरै मात्रामा प्रयोग गर्नुहुँदैन ।

तोकिएको समय भन्दा ढिलो/चाँडो हुनुहुँदैन: सकेसम्म पहिलो भेटमा तोकिएकै समयमा भेट हुन आवश्यक छ । समय भन्दा छिटो पुग्नु पनि हानिकारक हुनसक्छ । घण्टौँ कुरेर आफू भेटका लागि आतुर छु भन्ने भान नर्पानुहोस् । यदि कारणवश ढिलो हुनुभयो भने त्यसबारे समयमा नै जानकारी गराउनुहोस् ।

छुन वा चुम्बन गर्न नखोज्नुहोस्: प्राय: मानिसहरू पहिलो भेटमा प्रेम देखाउनका लागि चुम्बन गर्ने गर्छन्। तर, पहिलो भेटमा चुम्बन आवश्यक हुँदैन । बसाइका क्रममा पनि छुनु वा अङ्कमालमा बस्ने कामसमेत नगर्नुस् । यस्तो बानीले पहिलो भेट नै अन्तिम भेट पनि बन्न सक्छ ।

खर्च बराबर गर्नुस्: पहिलो भेटमा सकेसम्म खानपान, यात्रा वा सहजताका नाममा धेरै खर्च गर्नुहुँदैन । सकेसम्म कम खर्च गर्नुपर्छ । यसको मतलब यो पनि होइन कि आवश्यकता अनुसार खर्च नगर्ने । तर खर्च सामान्यभन्दा बढी भएमा डेटमा आएका दुवैले केही हदसम्म खर्चमा साझेदारी अपनाउनुपर्छ ।

महिलालाई विशेष सुझाव: सुन्दर देखिनु डेटिङको पहिलो र आवश्यक पक्ष हो। तर, हेभी मेकअप भने गर्नुहुँदैन । आँखामा सामान्य गाजल, लाइट लिपस्टिक र छालाको रङ्गसँग मिल्दो मेकअप गर्नुपर्छ । यदि आँखा ठुला र सुन्दर छ भने त्यसलाई धेरै सिर्गान आवश्यक हुँदैन । ओठ र गाला आकर्षक छ भने तिनलाई हाइलाइट गर्नुपर्छ । मस्कारा लगाउन बिर्सनु हुँदैन।

मुहार एवं व्यक्तित्व सुहाउँदो हेयर स्टाइल बनाउनुपर्छ। धेरै कसिलो वा खुकुलो पहिरन लगाउनु हुँदैन। साधारण गहनाको प्रयोग गर्नुपर्छ ।

पुरुषका लागि विशेष सुझाव: पुरुषले थोरै पहिरनमा आफूलाई राम्रो र आकर्षक बनाउने प्रयास गर्नुपर्छ । सुहाउँदो स्टाइलमा दारिजुंगा काट्नु वा मिलाउनु पर्छ । सफा र सुहाउँदो कपडा, जुत्ता, बेल्ट, घडीको प्रयोग गर्नुपर्छ। तर, घडी पटकपकट हेर्नु भने हुँदैन । चलेको स्टाइल अनुसारको राम्रो र सुहाउँदो कपाल बनाउनुपर्छ । गोजी पुक्क हुने गरी धेरै सामाग्री राख्नुहुँदैन ।

पहिलो भेट तपाईँको उत्तम होस् । तपाईँले बल्लबल्ल मिलाएको समयलाई सही सदुपयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?