मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कुटपिटको आरोपमा भारतीय युट्युबर एल्भिस यादवविरुद्ध उजुरी दर्ता

काठमाडौँ– भारतीय युट्युबर एल्भिस यादवले अर्का कन्टेन्ट क्रिएटरमाथि आक्रमण गरेको आरोप लागेको छ । उनीमाथि भारतको गुरुग्रामको सेक्टर ५३ मा रहेको सपिङ मल परिसरमा कुटपिट गरेको आरोप लागेको हो ।

यसबारेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । हरियाणा प्रहरीले शुक्रवार यसबारेमा जानकारी दिएको हो । यादवविरुद्ध कुटपिट र ज्यान मार्ने धम्की दिएको आरोपमा जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

यद्यपि जाहेरी परे पनि प्रहरीले कसैलाई पनि हालसम्म पक्राउ नगरेको जनाएको छ । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको र आवश्यक परे पक्राउ गर्ने पनि जनाएको छ ।

उजुरीकर्ता दिल्ली निवासी सागर ठाकुरले एल्विश यादवले उजुरी दर्ता गर्दै आफ्नो ढाड भाँच्न खोजेको र ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् ।

एल्भिस यादव एक भारतीय युट्युबर र बिग बोस दोस्रो सिजनका विजेता पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?