मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रदीपरत्न शाक्यको कविता: ज्वाइँ साहेब


–प्रदीपरत्न शाक्य

ज्वाईं साहेब !
मनको झलमल
सुम्पी दीएछु
तिम्रो घर जगमगाओस् !
बहार बनिरहोस्
तिम्रो बिपना
हराभरा रहोस तिम्रो छायाँ
मुटु दिएछु कन्यादान भनेर
जीवन नमुना बनिरहोस् !
खुट्किला बनिरहोस् उन्नति
लक्षका हरेक पाइला रहिहोस् समृद्धि
बनून् आँखाहरूमा तिमीहरू
शिलालेखका अनमोल रत्न सरी !
नडगमगाओस् मन
बाटाका आकार देखेर कहिल्यै
हरेक मौसम कल्पना सरी रहिरहोस्
किनारा बनून हलचल खुशिका
वसन्त अनुभूत गर्दै सँधै !
जीवन योद्धा हो मन्त्र यही भन्छु
परस्परता हतियार हो तन्त्र यही भन्छु
गौरवता पदचाप बनिरहून !
ज्वाईं साहेब !
मनको झलमल
सुम्पी दीएछु
तिम्रो घर जगमगाओस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?