काठमाडौँ– विश्वकै महँगो वैवाहिक कार्यक्रमका रूपमा यसले चर्चा पाएको भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको वैवाहिक पार्टीले संसारको ध्यान खिच्यो ।
बलिउडका तीन खान शाहरुख खान, सलमान खान र अमिर खान यही कार्यक्रममा एकसाथ ठुम्का लगाइरहेको देखी हलिउड कलाकारले देशी डान्स गरेको सम्मका दृश्य यो समारोहमा देखिए ।
जबकि यी तीन जनालाई एकसाथ भेट्टाउन बलिउडका कुनै निर्देशक, निर्माताको पहुँच पुग्दैन भन्ने गरिन्छ ।
विश्व चर्चित धनाढ्य पनि अम्बानीको निम्तो स्वीकार गरेर आए । बिल गेट्स, मार्क जुकर्बग जस्ता धनाढ्यहरू सो समारोहमा उपस्थित भए ।
सबैभन्दा बढी पारिश्रमिक बुझेर अम्बानीको वैवाहिक कार्यक्रममा प्रस्तुति दिने कलाकारका रूपमा गायिका रियानाले चर्चा पाइन् । पारिश्रमिक वापत उनले करिब ७५ करोड भारु बुझेकी थिइन् ।
भीभीआईपी अतिथिको सत्कार र कलाकारलाई पारिश्रमिक दिन अम्बानीले मोटो रकम खर्च गरेको पाइएको छ । साथै, उनले खानाको व्यवस्थाका लागि मात्रै २१० करोड भारु खर्चेको बुझिएको छ ।
बढो तामझामका साथ सम्पन्न वैवाहिक समारोहमा अम्बानीले १२६० करोड भारु खर्च गरेको भारतीय मिडियाहरूको दाबी छ । जम्मा तीन दिन चलेको समारोहमा यति धेरै खर्च हुनु अम्बानीका लागि यो खर्च सामान्य हो ।
फोर्ब्स अनुसार मुकेश अम्बानीसँग अहिले ११६ बिलियन डलरभन्दा बढीको सम्पत्ति छ । पछिल्लो एक वर्षमा उनको सम्पत्ति ५ बिलियन डलरले बढेको देखिन्छ ।
यस हिसाबले समग्रमा अम्बानीले दैनिक करिब १३५ करोड भारु भन्दा बढी कमाइ गर्छन् । यस हिसाबमा अम्बानीले कान्छो छोराको यस समारोहमा गरेको खर्च करिब ९ दिनको कमाइ बराबर मात्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया