स्तनपान गर्ने, गराउने चलन संसारमा स्तनधारीहरूको विकास जहिलेदेखि भयो उहिलेदेखि नै हुँदै आएको हो । तर विश्वमा आएका अनेक परिवर्तनहरूका कारण स्तनपान गराउने प्रचलन घटेको देखिएको छ ।
यही कारण स्तनपान गराउने प्रचलनलाई निरन्तरता दिन बेलाबेलामा महिलाहरूका लागि सूचनाको पनि आवश्यकता अनुभव गरिएको छ ।
यसै सन्दर्भमा स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटका बारेमा वास्तविकतासहित प्रकाश पार्नेछौँ ।
भ्रम
स्तनको आकार सानो भए बच्चाकालागि पर्याप्त दूध आउँदैन ।
वास्तविकता
स्तनपानकालागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।
भ्रम
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।
वास्तविकता
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।
भ्रम
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।
वास्तविकता
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।
भ्रम
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।
वास्तविकता
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।
भ्रम
बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।
वास्तविकता
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया